संविधान कार्यान्वयन नभए कांगे्रस माओबादी त भस्छन्, एमाले पनि बाँकी रहन् : वन मन्त्री भण्डारी

325
संविधान कार्यान्वयन नभए कांगे्रस माओबादी त भस्छन्, एमाले पनि बाँकी रहन् : वन मन्त्री भण्डारी

अर्जुन सापकोटा भदौ २५ 
वन मन्त्री शंकर भण्डारीले संविधान कार्यान्वयन हुन नसकेमा नेपाली कांगे्रस र माओबादी केन्द्र फस्न सक्ने संका व्यक्त गरेका छन् । उनले पहिलो चरण अन्तरतका विभिन्न निर्वाचन हुन नसके र संविधान संंसोधनमा  समेत एमालले सहयोग नगरेमा देश र जनता ठूलो दुर्घटनामा फस्ने र एमालले पनि त्यसको हिस्सेद्धार हुने चेतावनी दिएका छन् ।
 
पे्रस युनियन नवलपरासी शाखाले कावासोतीमा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले संविधान कार्यान्वयनको चुनौति पूरा प्रमुख दलहरुबीच एकता आवश्यक रहेको बताए । उनले भने, संविधान संसोधनमा एमालले पनि सहयोग गर्नुपर्छ, सरकारबाट बाहिरिदाको ईख लिएर देश अगाडी बढ्न सक्र्दैन् । 
 
 
भण्डारीले वन मन्त्रालय अन्तरर्गत विभिन्न समस्याहरु रहेको भन्र्दै वनको अतिक्रमण, चुरो संरक्षण, बैज्ञानिक वन व्यवस्थापन लगाएतका बिषयहरु मुख्य प्राथमिकतामा रहेको बताए । उनले भने, नेपालमा रहेका गुणस्तिरीय काठको सदुपयोग हुन सकेको छैन, विदेशबाट न्युन्तम गुणस्तर पनि कार्यम नभएका अरबौंको काठ भित्रिएको त्यो अबको ५ बर्षभित्र रोक्न मैले निर्देशन दिईसकेको छु । चुरे क्षेत्र र क्रसरको समस्या समाधानको लागि मन्त्रालयले पहल गर्ने पतिबद्धता जनाए । 
 
उनले कावासोतीको वीपी भवनमा समेत कार्यकर्तालाई संबोदन गर्दै अवको स्थानीय तहको निर्वाचनमा जित्ने गरि अगाडी बढ्न निर्देशन दिए । उनले भने, एमाले चनाखो पाटी हो, धेरै क्षेत्रमा आफ्ना मान्छेहरु राखिसकेको छ, त्यसलाई पनि हामी मिलाउँदै जाने छौं पाटीको काम गर्नेलाई सम्मान दिन्छ।

SHARE

COMMENTS

यसमा तपाइको मत