मुकुन्दपुर खानेपानीमा देवकोटा समूहको प्यानलै विजयी, एमाले प्यानल पराजित

449
मुकुन्दपुर खानेपानीमा देवकोटा समूहको प्यानलै विजयी, एमाले प्यानल पराजित

नवलपरासी, २०७३, असोज ५ 

मुकुन्दपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैँडाकोट ११ को अध्यक्षमा शेषकान्त देवकोटा विजयी भएका छन् । उनले प्रतिद्धन्दी पदमलाल पौडेललाई २ सय ८२ मत अन्तरले पराजित गरेका थिए ।
 
देवकोटाले ८ सय २३ मत  र पौडेलले ५ सय ४१ मत प्राप्त गरेका थिए ।  पौडेल नेकपा एमालेको तर्फबाट र देवकोटा एमाले बाहेकका अन्य दलहरुको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए ।
 
देवाकोटाको प्यानलका सबै उम्मेद्वारले विजयी हासिल गरेका छन् । उपाध्यक्षमा मीना भट्टराइ विजयी भएकी छन् । उनले ७ सय ४९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्दि कृतिनाथ पाठकले ५ सय ७९ मत प्राप्त गरे ।
 
सचिवमा वेदप्रसाद कंडेल विजयी भए । उनले ७ सय ४८ मत प्राप्त गरे भने प्रतिद्धन्दी रामचन्द्र धितालले ६ सय ४ मत प्राप्त गरे । कोषाध्यक्षमा मायाँ कुवर विजयी भईन ।  कुँवरले ७ सय २४ मत प्राप्त गरिन भने प्रतिद्धन्दि खीमाकुमारी शर्माले ६ सय १ मत प्राप्त गरेकी थिईन ।
यसैगरी महिला सदस्यमा सिता भट्ट ७ सय २४ मत र छलिमाया सोती मगरले ७ सय ६२ मत ल्याइ विजयी भए । यसैगरी सदस्यका लागि खड्क बहादुर क्षेत्रीले ७ सय ३३ मत, भोजबहादुर महतोले ७ सय ३२ मत, बुद्धबहादुर सुनारले ६ सय ९९ मत प्राप्त गरे ।
 
पाचौँ अधिवेशन शुरु भएको ६ महिनापछि सोमबार निर्वाचन भएको हो । गत चैत्र २० गतेदेखी शुरु भएको पाचौँ अधिवेशन सहमतीका लागी भन्दै पटक पटक प्रयास गरेपनि सहमती जुट्न नसकेपछि निर्वाचन भएको हो । निर्वाचनमा १४ सय ८३ मतदाताले मतदान गरेका थिए भने १३ सय ७९ मत सदर भएको निर्वाचन समितीका संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो । ९ सदस्यीय कार्यसमितीको कार्यकाल ३ वर्षको रहनेछ ।

SHARE

COMMENTS

यसमा तपाइको मत