वन कार्यालय अगाडी यस्तो ? कहिले काटिन्छन् यि रुखहरु

पभोक्ताले काठ पाउनकै लागि निकै समस्या झेल्नु परेको छ अर्को तर्फ वनमा ठूलो मात्रामा काठहरु सुकेर र कुंहिएर नष्ट भईरहेका छन् ।

वन कार्यालय अगाडी यस्तो ? कहिले काटिन्छन् यि रुखहरु
ईलाका वन कार्यालय कावासोती अगाडी रहेको शिव सामुदायिक वनमा सुकेर नष्ट हुन लागेका रुखहरु

नवलपरासी जेठ २ 
ईलाका वन कार्यालय कावासोतीको अगाडी शिव सामुदायिक वन पर्छ । कार्यालय अगाडीकै रुखहरु सुकेको करीब ३/४ बर्ष बिति सक्यो । एकै ठाउंमा ठूला ठूला ६ वटाहरु रुखहरु सुकेर हरेक बर्ष नष्ट हंदै गईरहेका छन् । ति रुख रहेको क्षेत्रमा कावासोतीको हाटबजार छ । अनि त्यहां बुद्ध धर्मालम्बीले बुद्धको ठूलो मुक्ति बनाएका छन् । त्यही मुर्ति पछाडी रहेका रुखहरु सुकेर हरेक बर्ष काम नलाग्ने अवस्थामा पुगी वनको व्यस्थापनमा काम गर्ने वन कार्यालयलाई गिज्याई रहेका छन् ।
 
 
तर त्यहाका रुखहरु सदुपयोग गर्न वन कार्यालय र वन समिति उदासिन देखिएका छन् । यस बर्ष पनि छपान र कटानको कार्य शुरु भएको छ तर ति रुखहरु यस बर्ष योजना भित्र परेका छैनन् ।  शिव सामुदायिक वनका अनुसार ति रुखहरु यस बर्ष कार्य योजना भित्र पर्न नसकेको स्वीकार गरेको छ । पहिलो प्राथमिकता ढलेका रुखहरु पर्ने र वनमा अझै पनि ढलेकै रुखहरु बांकी रहेकाले सुकेर नष्ट हुन लाग्दा पनि निति नियमले रुखहरु कटान गर्न नसकेको वन समितिका अध्यक्ष नारायण पराजुलीले बताए । 
 
उनले भने “जग्गाको प्रयोग बजार समितिले गर्ने हो तर ति रुखहरु सामुदायिक वनकै हुन यस बर्ष कार्य योजना भित्र परेनन् अर्को बर्ष हामी ति रुखहरु काट्नको लागि अनुमति माग्छौ ।”  निति अनुसार पहिले ढलेका रुखहरु निकाल्नुपर्ने र त्यसपछि सुकेका ठाडा रुखहरु काट्न पाउने प्राबधान भएकाले ति रुखहरु खडा सुकेको रहेकाले ति रुखहरु पहिलो प्राथमिकतामा नपरेको पराजुलीले बताए । 
 
यता ईलाका वन कार्यालय कावासोतीले भने समितिले योजना लिएर नआएका कारण रुखहरु नष्ट हुन लागेको बताएको छ । कार्यालय प्रमुख कृष्ण प्रसाद देबकोटाले भने वनले निर्णय लिएर वन कार्यालय सम्म आए  हामीले ति रुखहरु काट्न अनुमति दिन सक्छौ ।  वन कार्यालय कै अगाडीका रुखहरु सुकेको धेरै बर्ष हुंदा कटान नहुंदा ति रुखहरुले वन कार्यालयलाई खिल्ली उडाई रहेको छ । त्यसो त बन कार्यालय नजिकै रहेको मनकामना सामुदायिक वन भित्र समेत निकै धेरै रुखहरु ढलेको बर्षे हुंदा पनि त्यसको ब्यवस्थापन हुन सकेको छैन । हामीले त्यो वनलाई समुदायमा हस्तान्तरणको तयारी गरेका छौ त्यसपछि वन भित्रका रुखहरु समुदायले नै व्यबस्थापन गर्ने देवकोटाले उल्लेख गरे ।
 
वन कार्यालयको निर्देशन र वन समितिको उचित निर्णयको अभावले गर्दा लाखै मुल्यका काठहरु नष्ट हुंर्दै गईरहेका छन् । उपभोक्ताले काठ पाउनकै लागि निकै समस्या झेल्नु परेको छ अर्को तर्फ वनमा ठूलो मात्रामा काठहरु सुकेर र कुंहिएर नष्ट भईरहेका छन् । धेरै उपभोक्ताले अहिले सम्म पनि भनेकै समयमा काठ पाउन सकेका छैनन् । 

SHARE

COMMENTS

यसमा तपाइको मत