नीति तथा कार्यक्रमलाई हासि मजाकमा नउडाउ : चौधरी

146
नीति तथा कार्यक्रमलाई हासि मजाकमा नउडाउ : चौधरी

परासी । जेठ २ ।
सत्तारुढ नेकपा एमालेका लुम्बिनी अन्चल ईन्चार्ज एवं सांसद वैजनाथ चौधरीले वर्तमान गठबन्धन आगामी संसदीय चुनाव सम्म कायम रहने दावि गरेका छन् । संविधान कार्यान्वयन, मुलुकको आर्थिक सम्बृद्धिका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक उल्लेख गरेका छन् । परासीमा आईतबार विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेका प्रभावशाली नेता चौधरीले यस्तो बताएका हुन । अहिलेको सरकारले बजेट प्रस्तुत गरि पारित मात्रै होईन, कार्यान्वयन पनि गर्ने भएकाले शंका उपशंका नगर्न उहाँले आग्रह गरे ।
 
उनले भने “लोकप्रिय कार्यक्रमलाई हासि मजाकमा नउडाउ सबै मिलौ र यसलाई सफल बनाऔ” अन्य दलहरुलाई चौधरीले अनुरोध समेत गरेका छन् । वर्तमान सरकारले ल्याएको निति तथा कार्यक्रम  विगतका सरकारको भन्दा धेरै फरक रहेको भन्दैे लोकप्रिय कार्यक्रमहरु प्रचारका लागि नभई कार्यान्वयनका लागि ल्याएको बताए ।
 
आगामी मंसिरमा हुने भनिएको स्थानीय निकायको निर्वाचन संविधान बमोजिमको नभई, संविधान बमोजिमको केन्द्रीय, संघिय र स्थानीय निकायको निर्वाचन नहुन्जेल सम्मको लागि गर्न लागिएको उहाँले स्पष्ट परेका छन् । संविघामामा व्यवस्था भएबमोजिमको चुनाव गराउन समय लाग्ने भएकाले अहिलेको खड्कीदो जनप्रतिनिधिको अभाव पुर्ति गर्नका लागि चुनाव गर्न लागिएको र त्यो भएरै छाड्ने ठोकुवा गर्नुभयो । 

SHARE

COMMENTS

यसमा तपाइको मत