सकियो ३ दिने बृहत शैक्षिक मेला

179
सकियो ३ दिने बृहत शैक्षिक मेला

अर्जुन सापकोटा, २०७३, असोज १५ 
नवलपरासी जिल्लामा पहिलो पटक आयोजना गरीएको वृहत शैक्षिक मेला २०७३ को शनिवार सकिएको छ । बेष्ट मिडीयाको आयोजनामा कावासोतीको खुल्ला मैदानमा १३ गतेदेखि फस्ट बेष्ट एजुकेशन फेयरको आयोजना गरिएको थियो ।
 
मेलामा शिक्षासँग सम्बन्धित विभिन्न २५ वटा स्टलहरु राखिएको थियो । वलिखिना एजुकेशन कन्सल्टेन्सीका प्रमुख गणेश थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सद्भाव एजुकेशन कावासोतीका प्रमुख सुमन कुमार श्रेष्ठ, दाईसुकी इन्टरनेशनल कलेज चितवनका प्रमुख राज डल्लाकोटी, क्रिसविस इन्टरनेशनलका एलएन सिंखडा लगायत शिक्षा प्रेमिहरुको उपस्थिती रहेको थियो । 
 
मेलामा कावासोती आसपास कलेज तथा विद्यालयका विद्यार्थीहरुले अवलोकन गर्दै शैक्षिक परामर्श लिएका थिए । कुन विषय अध्ययन गर्ने, कुन विषय अध्ययन गर्न शैक्षिक संघसंस्था कहाँ कहां छन् तथा विषय छनौट कसरी गर्ने , शैक्षिक साम्रागीको प्रयोग लगाएतका विषयमा विद्यार्थी ला ई मेलामा निशुल्क परामर्श सेवा उपलब्ध गराईएको बेष्ठ मिडियाका अध्यक्ष नवीन पौडेलले जानकरी दिए ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत