काँगे्रस गुठबन्दीमै बलियो हुन्छ : कंडेल

284
काँगे्रस गुठबन्दीमै बलियो हुन्छ : कंडेल

धनु भुसाल, २०७३ असोज १६ 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले पार्टीलाई बलियो बनाउन गुठबन्दी आवश्यक रहेको विचार व्यक्त गरेका छन् । नेपाल महिला संघ नवलपरासी क्षेत्र नम्बर १, २ र ३ स्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गुठबन्दीबाटै पार्टी यहाँ सम्म आएको र थप मजबुद बनाउन व्याक्ति भन्दा पार्टी केन्द्रीत राजनीति हुनुपर्नेमा जोड दिए ।
 
पाटीलाई भन्दा व्यक्तिाई बलियो बनाउन खोज्दा संविधानको सभाको चुनावमा कांग्रेसले बहुमत ल्याउन नसकेको धारणा पनि राखे । उनले भने, कुनै पनि मानिस अगाडि बढ्न समूह चाहिन्छ, समूहमा लाड्ने हो, गुटउपगुटमा संघर्ष गर्ने तर पार्टीलाई कम्जोर बनाउनु हुन्न् ।
 
पाटी बलियो नभई गुट बलियो हुदैमा त्यसको कुनै औचित्य नहुने बताए । महिला संघका केन्द्रिय अध्यक्ष उमा रेग्मीले राजनीतिमा महिलाहरुलाई प्रशिक्षणको आवश्यकता रहेको भन्दै स्थानीय निकायको निवार्चनमा महिलाको सहभागिता वृद्धि गर्न मेचिमहाकाली प्रशिक्षण कार्यक्रम गर्ने जानकारी दिईन् ।
कार्यक्रममा महिला संघका पूर्व केन्द्रीय सदस्य ओमकला गौतम, नेपली काग्रेस जिल्ला सभापति विष्णु लामिछाने, क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति दुर्गा बहादुर राना,  भूपू संनिक संघका केन्द्रीय अध्यक्ष धनबहादुर मास्की राना, नेविसंघ जिल्ला अध्यक्ष राजेश पौडेल लगाएत भातृ संगठनका सदस्यहरुको उपस्थिती रहेको थियो ।
 
कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले स्थानिय निकाएको निर्वाचनमा दुई तिहाई बहुमत ल्याउनपर्ने भन्दै सबैजना एकजुट भएर लाग्नुपर्ने बताएका थिए । कार्यक्रम नेपाल महिला संघका जिल्ला अध्यक्ष कमला पराजुलीको अध्यक्षता र सचिव सरस्वती तिमिल्सीनाको संचालनमा सम्पन्न भएको थियो ।  
 

SHARE

COMMENTS

यसमा तपाइको मत