३ सय ९४ प्रहरी परिचालन गरिएको विशेष सुरक्षा योजना यस्तो छ

1002
३ सय ९४ प्रहरी परिचालन गरिएको विशेष सुरक्षा योजना यस्तो छ

धनु भुसाल, २०७३, असोज २० 
नवलपरासीमा चाडपर्वलाई लक्षित गर्दै प्रहरीले ३ सय ९४ प्रहरी परिचालन गरी विशेष सुरक्षा सतकर्ता योजना लागू गरेको छ । विजया दशमी, दिपावली छठ पर्वको समयमा हुने अपराधिक क्रियाकलापहरुलाई रोकथाम र नियन्त्रणका लागि जिल्लाभर यस्तो योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालयका इन्क्सपेक्टर प्रकाश सापकोटाले जानकारी दिए । 
 
उनका अनुसार, जिल्लाको मुख्य बजार, गाँउगाँउमा र नेपालभारत सीमा  नाकाहरुमा गस्ती बढाईएको छ । विशेष गरेर चाडपर्वको समयमा सवारी साधनहरुमा यात्रुहरुको चाप बढी हुने र लुटपाटका घटनाहरु वृद्धि हुने हुदा सडक क्षेत्रमा विशेष गरी सुरक्षालाई कडा बनाईएको हो ।
 
सुरक्षाको हिसावले चुनौतीको रुपमा रहेको हाईवे सडकमा हुने सवारी दुर्घटना र लुटपाटलाई नियन्त्रण गर्नको लागि गौडाकोटदेखि वुटवल सम्मको सिमाना सम्म २४  घण्टा गस्ती गरिएको छ । 
 
त्यस्तै चाडपर्वमा हुने लुटपाट, लागूपदार्थ, मादक पदार्थ सेवन, र झैझगडाका घटनाहरु हुन नदिन जिल्लाभर मोवाईल गाडिको प्रयोग गरेको  सादा पोशाकमा प्रहरी प्ररिचालन भईरहेको सापकोटाले बताए । 
 
जिल्लाको सदरमुकाम परासी, सुनवल, भुमही, बर्दघाट, दुम्किबास, अरुणखोला, चोरमारा, डंडा, कावासोती, गैडाकोट, त्रिबेणी, झुलनीपुर, भुजहवा, महेशपुर, विसुनपुरा लगायत मुख्य बजार र सिमावर्ती नाकाहरुमा चेकजाँच बढाइएको छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत