संविधानको भविश्य तीन तहको निर्वाचनले बताउँछ : महामन्त्री कोईराला

226
संविधानको भविश्य तीन तहको निर्वाचनले बताउँछ : महामन्त्री कोईराला

नवलपरासी, २०७३, असोज ३० । 
नेपाली कागे्रसका महान्त्री शंसाक कोईरालाले तोकिएको मिति भित्र तीन तहको निर्वाचन चुनौतीको रुपमा रहेको बताएका छन् । उनले संविधान कार्यान्वयनको भविश्य निर्वाचनले देखाउने उल्लेख गरेका छन् । 
 
शनिबार देवचुली नगर समितिले दलदलेमा आयोजना गरेको अभिनन्दन तथा चियापान कार्यक्रममा कोईरालाले यस्तो बताएका हुन् । उनले संविधान कार्यान्वयनका लागि मधेशी मोर्चाले उठाएका जायज मागको संबोधनको लागि संविधान संसोधन आवश्यक रहेकोमा जोड दिए । 
 
कार्यक्रममा केन्द्रीय सदस्य बद्री पाण्डे, गुरु घिमिरे, गोविन्द भट्राई  पूर्व सासंद महेन्द्रध्वज जिसी, पूर्व केन्द्रीय सदस्य कृष्ण चन्द्र नेपाली, जिल्ला सभापति बिष्णु लामिछाने लगाएतले शुभकामना व्यक्त गरेका थिए । नगर सभापती पूर्ण कुमार क्षेष्ठको अध्यक्षता रहेको कार्यक्रमको सहजिकरण सचिव नारायण प्रसाद पौडेलले  गरेका थिए । 

SHARE

COMMENTS

यसमा तपाइको मत