एमालले चुनाव जित्न ओलीका लोकप्रिय कार्यक्रम काफी छ : महत

1182
एमालले चुनाव जित्न ओलीका लोकप्रिय कार्यक्रम काफी छ : महत

नवलपरासी, २०७३, 
नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले अबको चुनाव जित्न ओली सरकारले ल्याएका लोकप्रिय कार्यक्रम काफी भएको बताएका छन् । उनले उक्त कार्यक्रमहरु ल्याएर मतदाताको घरघरमा पुग्नसके एमाले पहिलो पाटी बन्न सक्ने दाबी गरेका छन् ।
 
नेकपा एमाले नवलपरासी क्षेत्र नम्बर दुईको आयोजनामा विजया दशमी, तिहार, छठ तथा ल्होसारको कावासोतिमा शुभकामना आदान प्रदान कार्यक्रममा महतले यस्तो कुरा उल्लेख गरेका हुन् ।
 
उनले सविधान कार्यान्वयनको लागी सबैदल एकजुट हुनुपर्नेमा जोड दिर्दै प्रमुख दलहरु मिल्न सके संविधान कार्यान्वयन कुनै ठूलो कुरा नभएको उल्लेख गरे । मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतिमा भएको कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर २ का सांसद जीवन श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष रोशन गाहा, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पदमा जिसी श्रेष्ठ, क्षेत्र नम्बर दुइका इन्चार्ज विष्णु प्रसाद भुषाल, नेपाल बुद्धिजीवि परीषद केन्द्रीय सदस्य मुतिmराम पाण्डे लगाएतका अन्य नेताहरुले समेत संबोदन गरेका थिए ।
 
क्षेत्र नम्बर २ का अध्यक्ष सूर्यप्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ दर्जन कार्यकर्ता एमालेमा प्रबेश गरेका थिए। नव प्रबेशीहरुलाई फूलमाला र अविरले स्वागत गरिएको थियो । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत