एमालेको सहमति बिना सरकारले संविधान संशोधन प्रस्ताव ल्याउँदैन् : वन मन्त्री भण्डारी

समयसँगै चल्न नसके ठूलो दुर्घटना निम्तीन सक्छ

326
एमालेको सहमति बिना सरकारले संविधान संशोधन प्रस्ताव ल्याउँदैन् : वन मन्त्री भण्डारी

अर्जुन सापकोटा, २०७३, कार्तिक १ । 
वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले सरकारले एमालेको सहमति बिना संविधान संशोधनको प्रताव संसदमा लैजाने कुनै कल्पना नगरेको बताएका छन् । उनले मधेशको समस्या समाधानको लागि एमालले पूर्ण रुपमा सहयोग गर्ने विश्वास व्यक्त गरे । 
 
राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन गर्न यहाँ आएका भण्डारीले प्रेस युनियन नवलपरासी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । मन्त्री भण्डारीले देशको सम्बृद्धिको लागि प्रमुख दलहरु एक हुन नसके त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । 
 
भण्डारीले भने, सबैको सहमतिमा संशोधन दर्ता गराउँने हो, सकार एक्लै केहि गर्न सक्दैन, मधेशबादी दल र एमाले सहमत भए, समस्या सुल्झिन सक्छ । उनले थपे, अहिले छलफलकै क्रममा रहेकाले यस विषउमा धेरै शंकाहरु पैदा भएको हो । 
 
मन्त्री भण्डारीले तीन तहको निर्वाचन गर्न सके संविधान सफल बन्ने दाबी रहेको छ । हामीलाई समयले पेल्दैछ, समस्या समाधान नहुँदा निराशा बढ्दो छ, सरकार पनि निधाएको छैन्, प्रतिपक्ष पनि राजनीतिक समस्या समाधानको लागि गम्भीर हुनुपर्यो उनले भने । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत