दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरी र युवा

352
दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरी र युवा

 धनु भुसाल, २०७३ कार्तिक ६ । 

पूर्वपश्चिम राजमार्ग अन्र्तगत सबै भन्दा धेरै दुर्घटना हुने नवलपरासीमा दुर्घटना न्यूनिकरणका लागि युवाहरु सचेतनामा जुटेका छन् । दुर्घटना रोक्न ट्राफ्रिक प्रहरीसंगको सहकार्यमा चालक तथा पैदल यात्रीहरु लाई युवाहरुले पर्चा पम्प्लेट तथा ट्राफ्रिक नियमबारे जानकारी गराउने अभियान सुरु गरेका हुन् । 
युवाहरुले यात्रुहरु लाई भिडभाड भएको बसमा यात्रा नगर्न र चालकले ट्राफ्रिक नियम पालना नगरेको पाएमा तुरुन्त प्रहरी लाई खबर गर्न समेत आग्रह गरेका थिए ।
 
त्यस्तै प्रहरी नायब निरीक्षक भोजराज शर्माले बढ्दो सवारी दुर्घटना न्युनीकरणकालागि जिल्लामा विभिन्न किसिमका कार्यक्रमहरु गरेको र सचेतना कार्यक्रमले पनि न्युनिकरणमा ठूलो भूमिका खेल्ने बताए ।
 
वाताबरण जनजागरण विकास मञ्चको आयोजना, गफ नेपाल र ड्याड नेपालको सह आयोजना तथा जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयको सहकार्यमा सचेतना कार्यक्रम गरीएको हो ।  ड्याड नेपालका किरण भुर्तेलको अध्यक्षता रहेको कार्यक्रममा गफ नेपालका एलएन दवाडीको स्वागत तथा सुमन लम्सालको सञ्चालनमा सचेतना अभियान सुरु गरीएको थियो ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत