राष्ट्रपति भण्डारी नवलपरासीको रामग्राम स्तुप आउदै

राष्ट्रपति भण्डारी पहिला लुम्बिनी त्यसपश्चात तिलौराकोट र दिउसो नवलपरासीको रामग्राम स्तुप आउने कार्यक्रम रहेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले जानकारी दिए ।

राष्ट्रपति भण्डारी नवलपरासीको रामग्राम स्तुप आउदै

नवलपरासी , ७ जेठ ।
राष्ट्रपति बिद्यादेवी भण्डारी आज लुम्बिनी हुदै नवलपरासी आउनुहुने भएको छ । राष्ट्रपति भण्डारी पहिला लुम्बिनी त्यसपश्चात तिलौराकोट र दिउसो नवलपरासीको रामग्राम स्तुप आउने कार्यक्रम रहेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले जानकारी दिए । सो अनुसारको सुरक्षा ब्यस्थापन मिलाईएको प्रजिअ पन्थले भने ““हामीलाई लिखित पत्र आएको छैन तर पनि मैखीक रुपमा राष्ट्रपति भण्डारी भगवान गौत्तमबुद्धको अष्ठधातु रहेको स्थल नवलपरासीको रामग्राम स्तुपमा दिउसो आउने कार्यक्रम तय भएको छ ” । अहिले यस क्षेत्रको शान्ति सुरक्षा निकै कडा पारिएको छ । 
 
२५६० औँ बुद्ध जयन्तीको पुर्ब सन्ध्यामा राष्ट्रपति भण्डारी बुद्ध जन्म स्थल लुम्बिनी सहित बुद्ध संग सम्ब्न्धीत स्थलहरु तिलौराकोट रामग्राम स्तुप क्षेत्रको अबलोकन गर्न आज यस तर्फ आउन लाग्नुभएको हो । राष्ट्रपति भण्डारीले बिशेष गरी शनिबार लुम्बिनीमा आयोजीत २५६० औँ बुद्ध जयन्ती मुल समारोहलाई उद्घाटन गर्ने कार्यक्रम यस अगाबै तय भईसकेको छ ।
 
सो भब्य समारोहमा जेठ ६ र ७ गते काठमाण्डौमा जारी बौद्ध अन्तराष्ट्रिय गोष्ठीमा निकालीएको निष्कर्षलाई घोषणापत्रको रुपमा जारी गरिने लुम्बिनी बिकास कोषका सदस्य सचिब अजिनमान तामाङ्गले जानकारी दिनुभयो । भण्डारी बैशाखमा नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिका मन्दिरमा समेत आइएकी थिईन । १ महिना कै अबधिमा भण्डारीको यो दोस्रो भ्रमण हो । दिसो २ बजेपछि भण्डारी नवलपरासी आउने कार्यक्रम रहेको छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत