सिके रावतका कार्यकर्तालाई प्रहरीले आफ्न्तको जिम्मा लगायो

516
सिके रावतका कार्यकर्तालाई प्रहरीले आफ्न्तको जिम्मा लगायो
फाईल फोटो

नवलपरासी, २०७३ कार्तिक ७ । 
नवलपरासीबाट पक्राउ परेका सिके राउतका २२ जना कार्यकर्तालाई प्रहरीले छाडेको छ । राज्य विरुद्ध प्रयोग हुने कुनै पनि प्रमाण डकुमेट फेला नपारेपछि छोडिएको प्रहरीले जनाएको छ ।
 
एक प्रहरी अधिकारीले भने, उनीहरुलाई सिभिल प्रहरीले भेला भएको भनेर जानकारी दिएको र सोही अनुसार पक्राउ गरिएको हो ।
 
 उनीहरुलाई मुद्धा चलाउनुपर्ने आवश्यक तथ्याङ्कहरु फेला नपरेपछि साँझ ६ प्रहरीले आफ्न्तको जिम्मा लगाएको हो । स्वतन्त्र मधेश अभियानको नाममा मधेश लिडरसिप तालिम संचालन गरिरहेका २२ जनालाई विहान परासी स्थित होटल रोयल परासीबाट पक्राउ गरिएको थियो ।
 

 

SHARE

COMMENTS

यसमा तपाइको मत