यमपञ्चकको दोस्रो दिन आज्ञापालक कुकुरको पूजा गरियो

130
यमपञ्चकको दोस्रो दिन आज्ञापालक कुकुरको पूजा गरियो

नवलपरासी २०७३ कार्तिक १३ । 
शनिवार तिहारको दोस्रो दिन कुकुरको पुजा गरि कुकुर तिहार मनाईएको छ । परा पूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रुपमा पूजा गर्ने चलन रहेका कारण शनिवार देशै भरी कुकुरको पुजा गरि कुकुर तिहार मनाइएको हो । कुकुर तिहारकै अवसरमा नेपाल प्रहरीले पनि बिषेश रुपमा कुकुर तिहार मनाएको छ ।
 
संसारका ठूला अपराधी पत्ता लगाउन कुकुर प्रमुख सहयोगी हुने गरेको भन्दै प्रहरीले कुकुरको पूजा गरेको हो । कुकुरको पूजा नेपाली समाजमा मात्रै गर्ने चलन रहेको छ । त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गरेका कारण पनि प्रहरीले आना कुकुरहरुको सम्मानजनक रुपमा पूजा गर्ने गरेको छ ।
 
नेपाल प्रहरीले थुप्रै कुकुरहरुलाई तालिम प्राप्त रुपमा सेवा सुविधा दिएर पालेको छ । कुकुर इमान्दार र बफादार जनावर पनि हो । घरको रेखदेखको काम पनि कुकुरले नै गर्छ । कुकुरका गुणको कदर गरेर नेपाली समाजले वर्षमा एकपटक यमपञ्चकको दोस्रो दिन पारेर पुज्ने गरेको संस्कृतिविदहरुको ठहर छ ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत