अहिलेको अवस्थामा संविधान शंसोधन हुँदैन : एमाले महत

315
अहिलेको अवस्थामा संविधान शंसोधन हुँदैन : एमाले महत

नवलपरासी, २०७३ कार्तिक १३ । 
नेकपा एमाले केन्द्रीय सदस्य तिलक महतले अहिलेको अबस्थामा संबिधान संसोधन हुन नसक्ने बताएका छन् । नेकपा एमाले गैडाकोट नगर कमिटीको आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा नेता महतले यस्तो बताएका हुन् ।
 
उनले नेकपा माओबादी केन्द्रले प्रस्ताब गरेको महाअभियोगको प्रस्ताब पारित गर्न एमालेले अन्तिम समय सम्म लागी पर्ने  धारणा राखे । एमाले नेता महतले अहिलेको आबश्यकता संबिधान कार्यान्वयको रहेको बताउदै यतिबेला संबिधान संशोधनको औतित्य नरहेको प्रष्ट पारेका छन् । 
 
संघियतामा जादा हिमाल पहाड र प्रदेश सबै प्रदेशमा समाबेश हुनु पर्ने नेता महतको तर्क थियो  । नेकपा एमाले गैडाकोट नगरकमिटीले नेपालीका महान् पर्व बिजय दशमी, शुभदिपावली, छठ, तथा ईदको अबसर पारि आयोजित कार्यक्रममा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत