एमाले नवलपरासीलाई पहाडी गाविसमा अधिवेशनको चटारो

462
एमाले नवलपरासीलाई पहाडी गाविसमा अधिवेशनको चटारो

 नवलपरासी, २०७३ कार्तिक १३ । 

नेकपा एमालेलाई पहाडी गाविसमा गाउँ अधिबेशन गर्न चटारो शुरु भएको छ । अहिले एमाले नेताहरु पहाडी गाविसको अधिवेशन गर्न खटिएका छन् । यस्तै नेकपा एमाले दोस्रो अधिबेसन शनिवार नरम गाविसमा ११ सदस्यीय कमिटि चयन गरेको छ । 
 
समितिको अध्यक्षमा श्याम सुन्दर श्रेष्ठ चयन हुनुभएको छ  भने उपाध्यक्षमा मिन  कुमार सारु, सचिवमा कुल बहादुर पुलामी , सहसचिवमा दिल कुमार सारु,  चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा बिर बहादुर बिसि, मन बहादुर बिक, सिद्धि  पूर्णीमा बरही सहित ११ सदस्यीय कार्य समिति चयन भएको छ । 
यस्तै  सोही अधिबेसनबाट  सुर्य कुमार श्रेष्ठको अध्यक्ष रहने गरी ईलाका स्तरीय युवा संघ पनि गठन गरीएको छ । संघको उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा पुर्ण बहादुर थापा, सहसचिवमा चन्द्र बहादुर चुहान, कोषाध्यक्षमा रिमेश गुरुङ ररहेका छन् । 
 
नेकपा एमाले जिल्ला अध्यक्ष रोशन बहादुर गाहाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा क्षेत्र नम्बर २ का सांसद जीवन  श्रेष्ठ, सुर्य पाण्डे, पद्यमा जिसी श्रेष्ठ, लिला थनेत लगायतले अधिबेसनबाट चयन भएका नँया कार्य समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । अहिले पहाडी विभिन्न गाविसहरुमा अधिवेशन भईरहेको छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत