सृजनशील सहकारीको कारोवार ९ कारोड ५ लाख ५० हजार

258
सृजनशील सहकारीको कारोवार ९ कारोड ५ लाख ५० हजार

नवलपरासी, २०७३ कार्तिक 
सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड कावासोतीको शनिवार २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत वुद्धप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला वचत नवलपरासीका अध्यक्ष माधव प्रसाद गौतम, युवा तथा व्यवसायिक स्वरोजगार कोषका जिल्ला  सदस्य सचिव प्रितम भुजेल, कावासोती नगर विकास कोषका अध्यक्ष नारायण प्रसाद तिमिल्सिना लगाएत विभिन्न सहकारी संस्थामा आवद्ध रहेका व्यतिmहरुको उपस्थिती रहेको थियो । 
 
कार्यक्रममा बोल्दै प्रमुख अतिथीले पौडेलले सहकारी सस्थाले समाजमा महत्वपूर्ण भुमिका खेलेको भन्दै बचत गर्नु गरिवी बाट मुतिm हुनु भन्दै बचत गर्नु  बानीको विकास गर्नुपर्ने बताए ।  सहकारी सस्थाले आर्थिक वर्ष २०७२/७३ मा ९ कारोड ५ लाख ५० हजार कारोबार गरेको छ ।
 
कुलखर्च ८ करोड  ३१ लाख ७ हजार ५ सय गरेको  समितीका कोषाध्यक्ष नन्दलाल काफ्ले प्रतिवेदन प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेखछ । सहकारी सस्थाले ६० वर्ष माथिका १५ जना लाई सम्मान गरेको थियो ।
 
सहकारी सस्थाका अध्यक्ष छविलाल अर्यालको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण सचिव आत्मराम चापागाईले गरेका थिए । साधरणसभा कावासोतीको खानेपानी सभाहलमा आयोजना गरिएको थियो।

SHARE

COMMENTS

यसमा तपाइको मत