सरसफाईको लागि तिहारमा डस्विन उपहार

253
सरसफाईको लागि तिहारमा डस्विन  उपहार

नवलपरासी, २०७३ कार्तिक १३ । 
तिहार तथा छठको पावन अवसरमा सरसफाइका लागि डस्विन सामग्रीहरु युवा संघ नेपालले वितरण गरेको छ । युवा संघ नेपाल क्षेत्र न.६ र वाल्मीकि जनकल्याण युवा क्लब ९ महलबरीको आयोजनामा रुपौलिया गाबिसमा रहेको प्रख्यात धार्मिक स्थलहरुमा डस्विन सामग्री वितरण गरिएको हो ।
 
डस्विन वितरण कार्यक्रम युवा संघ क्षेत्र न. ६ का अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोष को अध्यक्षयतामा र युवा संघ नेपाल का केन्द्रिय उपाध्यक्ष राजु गुरुङको प्रमुख अतिथितथामा रुपौलिया गाविसको चुहाडि मन्दिरको प्रङगणमा सम्पन्न भएको हो ।
 
वितरण भएको डस्विन रुपौलियाको वडा न.८ मा रहेकोे कुवारी चुहाडी मन्दिर, बालपुरी कुटी छिबनी, नव दुर्गा मन्दिर महलबारी र योग आस्रम महलबरीमा राखिने संघका अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोषले जानकारी दिए । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत