नवलपुरलाई प्रदेश नम्बर ४ बाट अलग गर्ने सपना नदेखे हुन्छ

1391
नवलपुरलाई प्रदेश नम्बर ४ बाट अलग गर्ने सपना नदेखे हुन्छ

 अर्जुन सापकोटा, २०७३ कार्तिक २१

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ बटा अलग गरेर संविधान संशोधन हुने सम्भावना नरहेको बताएका छन् । उनले यस क्षेत्र प्रदेशको अभिन्न अङ्ग रहेको उल्लेख गर्दै संविधान कार्यान्वयनको लागि यसलाई समेत ४ मै कायम राख्नुपर्ने बताए । 
 
एमाले प्रदेश नम्बर ४ को बैठकका लागि नवलपुर, अमलटारीमा आएका उनले प्रेस चौतारी नेपाल नवलपरासीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संविधान कार्यान्वयन नहुँदा यो व्यवस्था नै ‘कोल्याप्स’ हुने खतरा भएकाले यसको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।
 
उनले  अहिले देश गम्भीर मोडमा रहेको रहेको भन्र्दै दलहरु मिलेर अगाडी बढ्न नसके तीन तहको निर्वाचन गर्न निकै चुनौति रहेको विचार राखे ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत