राष्ट्रिय सहमतिको बाधक विदेशी हस्तक्षेप : माओवादी नेता गुरुङ

281
राष्ट्रिय सहमतिको बाधक विदेशी हस्तक्षेप : माओवादी नेता गुरुङ

सरस्वती सुवेदी, २०७३ कार्तिक २१
माओवादी केन्द्रका केन्द्रीय सदस्य देव गुरुङले विदेशी हस्तक्षेपको कारण  दलहरुबीच सहमति निर्माण हुन नसकेको बताएका छन् । उनले त्यसको कारणलेनै  देशको अस्मिता माथि आँच आएको दाबी गरे ।
 
आईतबार प्रेस सेन्टर नेपाल नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, देश विदेशीको ईशारामा चल्दै जाने हो भने दलहरुबीच कहिलै पनि सहमति हुन सक्दैन ।
 
स्थानीय निकायको पुर्नसंरचना संविधान संशोधनका लागी देशमा राष्ट्रिय राजनीतिक सहमतिको खाँचो भएको औल्याउदै मधेशी मोर्चा विनाको चुनावको कुनै अर्थ नहुने दाबी गरे ।
 
उनले चैत्र महिना देखि स्थानिय निकायको निवार्चन गर्न सकिने औल्याउर्दै २०७४ साल माघ महिना भित्रमा तीन तहको निर्वाचन नभए संवैधानिक जटिलता आउने चेतावनी दिए । गुरुङले नवलपुरलाई माओवादीले प्रदेश नम्बर ५ मा राख्ने कुरा नगरेको उल्लेख गरे । 

SHARE

COMMENTS

यसमा तपाइको मत