गुठीबाट निजि विद्यालय चल्न सक्दैन् : नेसनल प्याब्सन अध्यक्ष शाही

५ बुँदे नवलपरासी घोषणा पत्र जारी

369
गुठीबाट निजि विद्यालय चल्न सक्दैन् : नेसनल प्याब्सन अध्यक्ष शाही

नवलपरासी, २०७३ मंसिर ८
निजि तथा आवासिय विद्यालय एशोसिएन नेपाल नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाहीले राज्यले अख्तियारी गर्न लागेको शिक्षा नीतिले  निजि विद्यालय संचालन हुन नसक्ने बताएका छन् । उनले कम्पनी मार्फत व्याक्तिगत लगानीमा संचालन भएका विद्यालयलाई गुठीमा लगेर चलाउनुपर्ने वाध्यता सृजना गरिए मान्य नहुने चेतावनी दिएका छन् । 
 
तेस्रो पश्चिमाञ्चल क्षेत्रीय सम्मेलनलाई नवलपरासीको कावासोतीमा संवोदन गर्दै शाहीले निजि क्षेत्रले शिक्षामा गरेको लगानीलाई सुरक्षित गर्ने दायित्व सरकारको समेत रहेको तर्क गरे । अहिले हामीहरु आन्दोलनमा छौं निजि क्षेत्र एक भएर आवाज उठाउनुपर्छ, उनले भने, नत्र हाम्रा विद्यालय राज्यले धरासाही बनाउँछ ।  
 
पश्चिमाञ्चल क्षेत्रिय समन्वय समितिको आयोजना र नेसनल प्याब्सन नवलपरासीको आतिथ्यतामा होटल दियालोको सभाहलमा भएको भेलामा अन्य बक्ताहरुले नयाँ नियमावली कार्यान्वयन हुनै नसक्ने बताएका थिए । कार्यक्रममा प्याब्सनका केन्द्रीय बरिष्ठ उपाध्यक्षहरु ज्ञानेन्द्र मोहन भट्राई, सूर्य बहादुर अधिकारी, केन्द्रीय उपाध्यक्ष पाण्डव हमाल, बिजेन्द्र मिश्र, देवचुली टेलिभिजनका अध्यक्ष एवंम प्रबन्ध निर्देशक केबी राना, नेपाल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष वीरेन्द्र पराजुली लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । 
 
५ बुँदे नवलपरासी घोषणा पत्र जारी 
खुल्ला सत्र पछि आयोजित बन्द सत्रले ५ बुँदे नवलपरासी घोषणा पत्र जारी गरेको छ । शिक्षा नियमावलीमा निजि विद्यालयलाई पहिलेकै अवस्थामा संचालन गर्न दिनुपर्ने, छात्रबृतिमा देखिएको विभेद अन्त्य गर्नुपर्ने, आफूहरुलाई समेत शिक्षा क्षेत्रसँग सम्बन्धित हरेक कार्यक्रममा छलफल तथा परामर्शमा भाग लिने वतावरण निर्माण गर्नुपर्ने लगाएतका मागहरु अगाडी सारेको हो । आफूले जारी गरेको घोषणा पत्र पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरिएको थियो । 
 
नवलपरासी नेसनल प्याब्सनको अध्यक्षमा अधिकारी
नवलपरासी नेसनल प्याब्सनको अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् । मंगलबार भएको भेलाले अधिकारीको अध्यक्षतामा १५ सदस्य कार्य समिति चयन गरेहको हो । समितिको उपाध्यक्षमा डिल्लीराम काफ्ले, राजेन्द्र पाण्डे, सचिवमा सुर्यनाथ दास पट्टेल, कोषाध्यक्षमा कृष्ण सराफ र अन्य सदस्य रहेका छन् । 

SHARE

COMMENTS

यसमा तपाइको मत