देउवाले भने, शशांकको नवलपुर क्षेत्र प्रदेश नम्बर ४ मै रहन्छ

1831
देउवाले भने, शशांकको नवलपुर क्षेत्र प्रदेश नम्बर ४ मै रहन्छ

नवलपरासी, मंसिर ८ । 
सरकारले तयार पारेको सीमांकन हेरफेरको प्रस्तावमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै असन्तुष्ट देखिएका छन् । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि समेतको सक्रियतामा तयार पारिएको प्रस्तावमा पाच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु झिकेर नवलपरासीदेखि बर्दियाससम्म बनाउने उल्लेख छ । तर, देउवाले विरोध गरेका छन् । बुधबार बालुवाटार बैठकमा देउवाले सिंगो नवलपरासीलाई प्रदेश नम्बर ५ मा राख्न नसकिने बताए ।
 
बैठकमा सहभागी एक नेताले भने, नवलपरासीलाई लिएर देउवा र विमलेन्द्र निधिकै मत बाझियो । बैठकमा सहभागी महामन्त्री शशांक कोइरालातिर देखाउँदै देउवाले कहां हुन्छ हाम्रो शशांक उठेको क्षेत्र भनेका थिए ।
 
बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि नवलपरासी जोड्ने प्रस्तावको विरोध गरे । कांग्रेस नेताहरुको काउन्टरमा मोर्चाका नेताहरुले भने उसो भए झापा, मोरङ, सुनसरी, कैलाली कञ्चनपुरबारे पनि अहिले नै कुरा गरौं भनेका थिए ।
कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका गृहमन्त्री निधिले भने समर्थन गरे । उनले धनुषादेखि भन्ने तर ढल्केबर पर्दैन भनेर हुन्छ भन्दै समर्थन गरे । बैठकमा सहभागी कांग्रेस महामन्त्री कोइराला भने मौन बसेका थिए ।
 

 

SHARE

COMMENTS

यसमा तपाइको मत