संविधान संशोधनको अभिव्यक्ति विरुद्ध मोर्चाले ओलीको पुत्ला जलायो

284
संविधान संशोधनको अभिव्यक्ति विरुद्ध मोर्चाले ओलीको पुत्ला जलायो

अनिल यादव, परासी, मसिर १० 
मधशी  मोर्चाले परासीमा पूर्व प्रधानमन्त्रि तथा एमाले अध्यक्ष केपी शर्मा ओलिको पुत्ला दहन गरेको छ । हाल सरकारमा रहेको दलले संविधान संशोधन गर्ने पक्षमा हुदा ओलिको संसोधन विरुद्धको अभिव्यक्तिले विरु मोर्चाले पुत्ला दहन गरेको हो । 
 
ओलि प्रधान मन्त्रि हुँदा पनि संशोधनको पक्षमा नहुने र सत्ता बाट हटे पनि मधेश विरोधी अभिव्यक्तिले गर्दा उनको विरुद्धमा नाराका साथै पुत्ला समेत मोर्चाले जलाएको बताए छ ।
 
मधेशमा समेत रहेका एमाले नेताहरुले मधेशको बारेमा नसोच्दा हामी क्रान्तिकारी आन्दोलन समेत गर्ने छौँ संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष धरेन्द्र यादवले भने । त्यस्तै नयाँ शक्ति नेपाल का नगर अध्यक्ष अमिरुल्ला अंसारीले संविधान संसोधनको पक्षमा नया शक्ति नेपाल पनि रहेको बताए । 
         
 

SHARE

COMMENTS

यसमा तपाइको मत