अखिल क्रान्तिकारी नवलपुरको कावासोतीमा घोषणा सभा सम्पन्न

388
अखिल क्रान्तिकारी नवलपुरको कावासोतीमा घोषणा सभा सम्पन्न

नवलपरासी, २०७३ मंसिर ११ । 
विभिन्न १० घटकबीच एकता भएर बनेको माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी नवलपुरको एकता घोषणा कावासोतीमा सम्पन्न भएको छ । साथै केन्द्रद्वारा जारी विद्यार्थी जागरण अभियानको उद्घाटन पनि गरिएको छ ।
 
अखिल क्रान्तिकारी, नवलपुरका अध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको एकता भेलाले ईश्वर गैरेको संयोजकमा ४५ सदस्यीय १६ औं जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।
 
प्रदेश सह ईन्चार्ज प्रविना अधिकारीको प्रमुख आथिथ्यतामा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्रका नवलपुर संयोजक किशन शर्मा, क्रान्तिकारीका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रीय सचिव अशोक ज्ञवाली, केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य धन प्रसाद सापकोटा, बालकृण्ण रानाभाट, वाई सि एल नवलपुर संयोजक गणेश विक लगायतको उपस्थिती रहेको थियो ।

SHARE

COMMENTS

यसमा तपाइको मत