बुद्ध जयन्ती र उभौली पर्व हर्षोउल्लासका साथ मनाईर्दै

बौद्ध धर्मका अनुयायीहरुले वुद्धलाई एक सम्यक सम्बुद्ध अर्थात महाज्ञान प्राप्त भएका व्यक्तिका रुपमा पुज्दछन् ।

236
बुद्ध जयन्ती र उभौली पर्व हर्षोउल्लासका साथ मनाईर्दै

नवलपरासी जेठ ८  

विश्व शान्तीका अग्रदुत भगवान् गौतम वुद्धको २५ सय ६० औं जन्म जयन्ती, आज विश्वभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । बौद्ध धर्मका अनुयायीहरुले वुद्धलाई एक सम्यक सम्बुद्ध अर्थात महाज्ञान प्राप्त भएका व्यक्तिका रुपमा पुज्दछन् । वुद्ध जयन्तिका अवसरमा नेपाल सहित विश्वभरका वुद्ध धर्मावलम्बीहरुले वुद्धका सन्देशयुक्त प्रवचनहरु सुनाउँदछन् । धर्मसभाहरु आयोजना गर्दछन् । वुद्ध जयन्तीका अवसरमा बौद्धविहार, मठ तथा गुम्बाहरुमा विशेष कार्यक्रम हुने गर्दछ भने वौद्ध तिर्थस्थल लुम्बिनी र काठमाडौंको स्वयम्भूमा ठुलो मेला लाग्दछ । आज वुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरका लाखौं बौद्ध धर्मावलम्बी, भिक्षु भिक्षुणी तथा श्रद्धालु भक्तजनहरु वुद्धप्रति श्रद्धाभाव प्रकट गर्न सहभागी हुन्छन् । गौतम वुद्ध बौद्ध धर्मका प्रणेता हुन् । शाक्यवंशीय परिवारमा जन्मिएका कारण उनलाई शाक्य मुनि गौतम वुद्ध पनि भनिन्छ । उनले बोधगयामा कठोर तपस्या ध्यान पश्चात महाज्ञान प्राप्त गरेका थिए । वुद्धका सवै शिक्षा र उपदेशहरुको संग्रहलाई त्रिपिटक भनिन्छ ।
 
गौतम वुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरु मध्ये एक अवतार मान्दछन् । गौतम वुद्धलाई एसियाका तारा पनि भनिन्छ । वुद्ध नेपालभुमीमा जन्मिएको हुँदा वुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्षेनी सार्वजनिक विदा दिंदै आएको छ । वुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ । वुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा तत्कालिन तिलौराकोट राज्यका शाक्यवंशीय राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रुपमा बैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ ९गौतम वुद्ध० को जन्म भएको थियो । असित ऋषिले वुद्धको पहिलो नाम सिद्धार्थ राखिदिएका थिए । वुद्धको जन्म र मृत्युको वास्तविक तिथि मिति यकिन नभए पनि अधिकांश इतिहासकारहरुले ५६३ ईशापूर्वताका बैशाख शुक्ल पूर्णिमाको दिन जन्म भएको बताएकाछन् । मायादेवी देवदहमा रहेको आफ्नो माइत जाने क्रममा बाटोमा लुम्बिनी भन्ने ठाउँ पुगिन् । 
 
वुद्धले ज्ञान समेत बैशाख शुक्ल पूर्णिमाकै दिन प्राप्त गरेको उल्लेख छ । वुद्धले जीवनकालका ३ दशक पिता शुद्धोदनको राज्यभित्रको सुखमा बिताएका थिए ।  अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपाल सहित चीन, भारत, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।
 
यसैविच भगवान् गौतम वुद्धबारेका अनेकौं भ्रमहरुलाई चिर्न वुद्ध नेपालमा जन्मेका हुन् भन्ने तथ्यलाई संसारभर फैलाउनका लागि ‘वुद्ध बर्न इन नेपाल’ नामक चलचित्र निर्माण भई प्रदर्शनमा आएको छ । उक्त चलचित्रमा वुद्ध नेपालभुमि लुम्बिनीमा जन्मेका हुन् भन्ने कुरालाई तथ्यपरक ढंगले प्रस्तुत गरिएको छ ।
 
उभौली पर्व
आज वैशाख शुक्ल पुर्णिमा, किराँती समुदायको उभौली पर्व धुमधामका साथ मनाइदैछ । उभौली पर्व किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य पर्व हो । उभौलीका अवसरमा साकेला चण्डी नाच प्रदर्शन गरिन्छ । यो चाड मनाउनुको मुख्य उदेश्य वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, राम्रो दाना लागोस् र खाद्यान्नको अभाव नहोस् भन्नका खातिर हो ।
 
किराँत सभ्यता अनुसार यो पर्वले पृथ्वीमा कृषि युग शुरु भएको विश्वास अभाष दिलाउँछ । त्यहि भएर किराँती समुदायलाई प्रकृति पुजक भनिन्छ । किराँत समुदायमा सवैलाई सुख शान्ति एवं सूस्वास्थ्यको कामना र दैविप्रकोप खेप्नु नपरोस् भन्दै चण्डी नाचिन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो । त्यहि भएर उभौलीका अवसरमा साँस्कृतिक महोत्सवका रुपमा यो पर्व मनाउने गरिन्छ । वैशाखे पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रुपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण श्रृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । बैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।
 
उभौलीका दिन प्रकृति, देवीदेवता र भूमीको पूजा गरिन्छ । उभौली पर्वका अवसरमा किराँतको मुख्य क्षेत्र नेपालको पुर्वी भुगोल सहित काठमाडौं उपत्यकामा समेत बिभिन्न कार्यक्रम आयोजना गरिन्छ । गाउँगाउँ टोलटोलमा साकेला नाच प्रदर्शन हुँदा उभौलीले निकै रमाईलो पर्वको संकेत दिन्छ । 
उभौलीमा आ(आफ्नोजातीय परम्परा अनुसारकोपहिरन लगाएर महिला र पुरुषहरु तालमा ताल मिएर गोलबन्द भई नाच्ने गर्दछन् । पुरुषहरुलेकालो कोट, दौरा(सुरूवाल लगाउने, बुकीफूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्दछन्।
 
त्यसैगरी महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने रपहेंला गरगहना सहित ठाँटिएर नाच्दछन् । नेपालमा रहेकासयौं जातजातीका आ आफ्नै मौलिक संस्कृतिपरम्पराहरु छन् । यस्ता चाडपर्व र परम्पराहरुले एक आपसमा धार्मिक सहिष्णुता, जातीयसहअस्तित्व र साम्प्रदायिक सम्बन्धहरु गाँसिने विश्वास गरिन्छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत