रुसको अक्टुवर क्रान्तिमा राष्ट्रिय जनमोर्चाको सतबार्षिकी कार्यक्रम

195
रुसको अक्टुवर क्रान्तिमा राष्ट्रिय जनमोर्चाको सतबार्षिकी कार्यक्रम

अर्जुन सापकोटा, २०७३ मंसिर १३ 
राष्ट्रिय जनमोर्चा नवलपरासीले अक्टुवर क्रान्तिको अवसरमा बार्षिक कार्यक्रम गर्ने भएको छ । सन् १९१७ मा रुसमा लेनिन नेतृत्वमा समाजवादी क्रान्ति भएको र उक्त क्रान्ति पूरा भएको सय बर्ष पुगेको अवसरमा सतबार्षिकी कार्यक्रम गर्न लागेको हो ।
 
जनमोर्चाको केहि दिन अगाडी भएको नवलपरासी भेलाले १ बर्ष भरीनै राष्ट्रिय पर्वको रुपमा मनाउने निणर्य गरेको थियो ।  निर्णयबारे जानकारी दिन मंगलबार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली लाई समेत क्रान्तिबारे जानकारी दिन कार्यक्रम गर्न लागिएको जानकारी गराएको हो ।
 
देवचुली टेलिभिजनको सभाहलमा गरेको पत्रकार सम्मेलनमा जनमोर्चाका जिल्ला अध्यक्ष रेम रानाले अर्को बर्षको कार्तिक २१ गते सम्म कार्यक्रम गरिने बताए । उनका अनुसार शतबार्षिकीको अवसरमा सभा, प्रदर्शन, विचार गोष्ठी, अन्तरक्रिया, साँस्कृतिक कार्यक्रम, प्रगतिशिल फिल्महरुको प्रर्दशन र नयाँ युवाहरु प्रशिक्षण गर्ने मुख्य कार्यक्रम हुन् । 
 
विश्वमै अक्टुवर क्रान्तिको सन्दर्भ नमूना रहेकाले नेपालमा समेत यसको सान्दभिकता झल्काउन यस्तो कार्यक्रम गर्न लागिएको जनमोर्चाका नेताहरुले बताएका छन् । पत्रकार सम्मेलनमा जनमोर्चाका नेताले भने, नेपालमा रुसको क्रान्तिको आवश्यकता छ तर त्यो अहिले सम्म पूरा हुन सकेको छैन् । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत