संविधान संशोधनको छाटकाट देखिएन् : सद्भवना अध्यक्ष महत्तो

267
संविधान संशोधनको छाटकाट देखिएन् : सद्भवना अध्यक्ष महत्तो

अनिल यादव,परासी, मंसिर १३ ।
सद्भवना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनको छाटकाट नदेखिएको बताएका छन् । उनले मधेशी जनताका मागहरु पूरा हुन नदिन प्रमुख दलहरुनै षडयन्त्रमा लागेको आरोप लगाएका छन् । मंगलबार पार्टीको धारणा सार्वजनिक गर्न नवलपरासीको परासीमा पत्रकार सम्मेलन गर्दै महत्तोले संविधान संशोधनमा ढिलाई हुँदा संविधान कार्यान्वयनमा समेत समस्या हुने भन्दै गम्भीर हुन आग्रह गरे ।
 
महत्तोले भने, ‘मधेशी दलको बहानामा एमाले, कांग्रेस माओवादीले मधेसी, थरुहट र जनजातिको अधिकार खोस्दै राज गर्न खोज्दै छन् ।’ उनले थपे, त्यसो हुनु दिन्नौं अधिकार प्राप्तीको लागि मधेशी जनता युद्ध गर्न तयार छन् । 
 
उनले मधेशी जनताको माग मुख्य रुपमा पहिचान रहेको भन्दै पहिचान नभई आन्दोलन नरोकिने बताए । अहिलेकै अवस्थामा संविधान कार्यान्वयन गर्न नसक्ने चेतावनी दिदै संघियता कार्यान्वयन हुन नदिने खेल समेत रचिएको हुन सक्ने आसंका व्यक्त गरे । 

SHARE

COMMENTS

यसमा तपाइको मत