बिद्रोही गिरी प्रेस चौतारीको केन्द्रिय सदस्य बने

उनले भने “मलाई सर्बसम्मत रुपमा केन्द्रिय सदस्य बनाउदा म माथि ठूलो जिम्मेवारी थपिएको ठानेको छु त्यसलाई पुरा गर्न निरन्तर लाग्छु

622
बिद्रोही गिरी प्रेस चौतारीको केन्द्रिय सदस्य बने

नवलपरासी जेठ ८ 
प्रेस चौतारी नेपाल नवलपरासी शाखाका अध्यक्ष बिद्रोही गिरी केन्द्रिय सदस्यमा चयन भएका छन् ।  काठमाण्डौमा भएको प्रेस चौतारी नेपालको आठै केन्द्रिय महाधिबेशनबाट गिरी केन्द्रिय सदस्यमा सर्ब सम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । २०५८ सालदेखी बाल र्सिजना पत्रिकाबाट पत्रकारिता शुरु गरेका गिरीले नवलपरासी जिल्लामा कृयासिल पत्रकारिता गर्छन ।
 
मेचीकाली  दैनिक हुंदै पत्रकारीता शुरु गरेका उनी अहिले राष्ट्रिय समाचार समिति र उज्यालो नाईन्टी नेटर्वक काम गर्छन । गिरी कावासोतीबाट प्रकासित सिटी सन्देश अनलाईन पत्रिकाका सम्पदाक हुन ।  नवलपरासीको बुलिङ्टारमा जन्मिएका गिरीले केन्द्रिय सदस्यमा चयन भए संगै देबचुली न्यूज संग कुरा गदै पत्रकारहरुको हकहितमा निरन्तर लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
 
उनले भने “मलाई सर्बसम्मत रुपमा केन्द्रिय सदस्य बनाउदा म माथि ठूलो जिम्मेवारी थपिएको ठानेको छु  त्यसलाई पुरा गर्न निरन्तर लाग्छु ।” गिरी प्रदेश नम्बर ४ को प्रतिनित्व गर्दै केन्द्रिय सदस्य बनेका हुन । यसै प्रदेशबाट गणेश पौडेल पनि सदस्यमा चयन भएका छन । यस जिल्लाबाट पे्रस चौतारीको केन्द्रिय सदस्यमा पुग्ने गिरी दोस्रो ब्याक्ति हुन । यस अगाडी बेचु गौड केन्द्रिय सदस्य बनेका थिए ।  

SHARE

COMMENTS

यसमा तपाइको मत