सुस्ता र बर्दघाट ४ नम्बर प्रदेशबाट हटाईए पदबाट राजीनामा

666
सुस्ता र बर्दघाट ४ नम्बर प्रदेशबाट हटाईए पदबाट राजीनामा

 कास्की, २०७३ मंसिर १७ ।

बाणिज्य मन्त्री रोमी गौचन थकालीले नवलपरासीको सुस्ता र बर्दघाटलाई प्रदेश नम्बर चारबाट अलग गरिए पदबाट राजीनामा दिने उद्घोष गरेका छन् । शुक्रवार पोखरामा आयोजित आर्चरी खेल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेतासमेत रहेका मन्त्री थकालीले चार नम्बर प्रदेशमा रहेका ती क्षेत्र अर्को प्रदेशमा गाभ्न नदिने प्रष्ट पारेका हुन् । 
 
मन्त्री थकालीले जनताको चाहना, इच्छा बिना राजनीति गर्नेहरु कहिल्यै नटिक्ने ठोकुवा गर्नु गरे ।  राजनीति जनताको चाहना, जनताको इच्छा र जनताकै भरोसामा चल्नुपर्ने र आफू पनि त्यहि सिद्धान्त अनुसार चलेकाले मन्त्रीसम्म बन्न पुगेको दाबी गरे । 

SHARE

COMMENTS

यसमा तपाइको मत