नवलपरासीमा यस बर्षकै चिसो महशुस

1507
नवलपरासीमा यस बर्षकै चिसो महशुस

अर्जुन सापकोटा, २०७३ मंसिर २०
नवलपरासीमा (सोमबार) यसवर्षकै उच्च जाडोको महशुस गरिएको छ । विहानैदेखि शीतलहर चलेकोले जाडो अत्याधिक बढेको हो । अहिले आकास बादलले ढपकै छापेको छ भने निकै बाक्लो कुहिरो समेत लागेको छ । 
 
जसको कारण सडकमा मानिस र सवारी साधनको चाप समेत निकै घटेको प्रहरीले बताएको छ । विहानैदेखि घाम देखा नपरेको जाडो मौसम शुरु भएपछि यो दोस्रो दिन हो । आईतबार पनि नवलपरासीमा निकै चिसोको महशुस गरिएको थियो । 
 
नवलपरासीबासीले बाक्लो कपडा लगाएर हिड्नुपर्ने समय आएको छ ।  जोडा विस्तारै बढ्दै गएपनि दिउसो भने घाम लाग्ने गरेको थियो । 

SHARE

COMMENTS

यसमा तपाइको मत