गाविस टुक्रिएको विरोधमा जिविस घेराउ

442
गाविस टुक्रिएको विरोधमा जिविस घेराउ

अनिल यादव, २०७३ मंसिर १९ 
अखण्ड रामनगरको माग गर्दै आइतबार स्थानयिहरु जिल्ला विकास समिति नवलपरासी घेराउ गरेका छन् । जिल्ला प्राविधिक समितिले  रामनगर गाविसलाई टुक्रार्ई स्थानीय पुर्नसंरचना गरेपछि अखण्ड रामनगरको माग गरि रामग्राम गाविस बन्दको आव्हान गर्दै जिविस घराउ गरिएको हो । 
 
 
गाविसको भौगोलिक, सामाजिक तथा सांस्कृतिक एकतालाई विखण्डन गराइ गाविसलाई २ स्थानिय निकायमा बिभाजन गरि केन्द्रमा सिफारिस पठाएको विरोध गर्दै अखण्ड रामनगर संघर्ष समितीले जिविस घेराउ गर्दै ज्ञापन पत्र समेत बुझाएको हो । 
 
संघर्ष समितिले विगत ५ दिनदेखि विभिन्न विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको छ । गाविसका ९ वटा वडा मध्ये वडा न २ (वडेरा) लाई सुनवल नगरपालीका र अन्य सबै वडालाई रामग्राम नगरपालीकामा गाभ्नको निमित्त सिफारीस गरीएको विरोधमा रामनगरबासीहरु आन्दोलित भएका हुन् । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत