बालबालिकालाई ट्राफिक नियम र लागू औषधबारे सचेतना

370
बालबालिकालाई ट्राफिक नियम र लागू औषधबारे सचेतना

नवलपरासी, २०७३ मंसिर १९ 
नवलपरासीको देवचुलीमा रहेको विश्व ज्योति बोडिङ्ग स्कूलमा लागू औषध ट्राफिक नियम तथा वातावराणीय प्रभाव सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । मध्य नेपाल सामाजिक विकास मञ्चको आयोजना र विभिन्न सामाजिक संघ संस्थाको सहकार्यमा विद्यार्थीहरुलाई प्रशिक्षण दिईएको हो । कक्षा १ देखि १० सम्म अध्ययन गर्ने डेढ सय बालबालिका सचेतना कार्यक्रममा सहभागीता बनेका थिए । 
 
कार्यक्रममा लागू औषध, ट्राफिक नियम तथा वातावराणीय प्रभावबारे जानकारी गराईएको थियो भने सहभागीहरुले जिज्ञासा राखेका थिए । करुणा सागर सुबेदीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिष्णु बास्तोला, प्रदिप बास्तोला, हरि बहादुर विसी, बसन्त पोख्रेल लगाएतको उपस्थिती रहेको थियो । मञ्चले देवचुली नगरपालिकाका विभिन्न विद्यालयहरुमा सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत