नेपाल सांस्कृतिक संघलाई कांगे्रसको भातृ संस्था बनाउनुपर्छ

326
नेपाल सांस्कृतिक संघलाई कांगे्रसको भातृ संस्था बनाउनुपर्छ

धनु भुसाल, नवलपरासी, २०७३ मंसिर २० । 
नेपाली कांग्रेसका महामन्त्री एवं सासद शशांक कोइरालाले नेपाल साँस्कृतिक संघलाई भातृ संगठनको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।  अहिले सम्म शुभेच्छुक संस्थाको रुपमा रहेपनि अब यसलाई काग्रेसको एउटा अंगको रुपमा विकास गर्न आफूले पार्टीमा आवाज उठाउने बताए ।
 
सोमवार नेपाल साँस्कृतिक संघ नवलपरासीको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले बहु जाती र बहु भाषीको बसोवास रहेको नेपाल संस्कृतिमा निकै धनि रहेको बताए । उनले भने, ‘नेपाल धनी छ तर त्यसको संरक्षणको आवश्यकता हो, यस बाटनै  राष्ट्रमा ठूलो परिर्वतन ल्याउन सकिन्छ ।’नेपालमा १ सय २५ भाषाहरु रहेको भन्दै यसको संरक्षण र संवद्धन गर्नको लागि सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिए ।
 
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व गृहराज्य मन्त्री एवं केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल, कांग्रेस नेता महेन्द्रध्वज जिसी, जिल्ला सभापति विष्णु लामिछाने, नेपाल लोक दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द्र शर्मा, लोक दोहोरी गायक दुर्गा रायमाझी, प्रतिष्ठानका कोषाध्यक्ष दिपक खड्का लगाएत विभिन्न भातृ संगठन र सांस्कृतिक संघका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष गंगा बहादुर पाण्डेको अध्यक्षता र सचिव प्रेम बहादुर कुमालको संञ्चालनमा सम्पन्न भएको थियो । कुमारवर्ती ७ गोछडामा भएको अधिवेशनले नयां नेत्तृत्व चयन गर्ने छ ।

SHARE

COMMENTS

यसमा तपाइको मत