१३ औँ महिला स्वास्थ्य स्यमंसेविका दिवस मनाईयो

329
१३ औँ महिला स्वास्थ्य स्यमंसेविका दिवस मनाईयो

अर्जुन सापकोटा, २०७३ मंसिर २० । 

१३ औँ महिला स्वास्थ्य स्यमंसेविका दिवस नवलपरासी सहित देशैभर विभिन्न कार्यक्रम मनाईएको छ ।  दिवसको अवसरमा ¥याली, अन्तरक्रिया, सम्मान कार्यक्रमहरु गरिएका छन् । ‘महिला स्वास्थ्य स्यमंसेविकाको सेवा निस्वाथ्र्य सेवा, स्वस्थ समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने मूल नारा सहित दिवस मनाईएको हो । दिवसको अवसरमा कावासोतीमा ४ जना स्यमंसेविकालाई नगद सहित सम्मान गरिएको छ ।

स्यमंसेविका कोष अध्यक्षहरु मुना रिजाल, द्रोपति बस्नेत, बेदा थनेत, शोभा अर्याललाई सम्मान गरिएको हो । कार्यक्रम स्यमसेविकाहरुले आफ्नो स्वास्थ्य र सुरक्षाको पूर्ण ग्यारेण्टी लिनुपर्ने अवकास लिने क्रममा एकमुष्ट रकम प्रदान गरि विदाई गर्नुपर्ने माग गरेका छन् । जिल्ला जनस्वास्थ्य प्रमुख अरुण कुमार महत्तोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कावासोती नगरपालिकाका निमित्त कार्यकारी अधिकृत ईञ्जिनितयर पवन रुपाखेती, कुमारी अमनी तालिम केन्द्रका प्रिन्सिपल सरस्वती तिमिल्सेना, सुआहारा नेपालका फिल्ड सुभरभाईज प्रतिभा सुबेदी तथा विभिन्न क्षेत्रका सेविकाहरुको उपस्थिती रहेको थियो ।

 

दिवस मनाउन कावासोतीका विभिन्न स्थानमा कार्यरत रहेका स्यमंसेविकाहरु खानेपानी सभाहलमा भेला भएका थिए । कार्यक्रम नगरपालिका स्तरिय सेविकाका अध्यक्ष विश्वकुमारी कंण्डेलको अध्यक्षतामा सम्पन्न भएको हो । दिवसको अवसरमा नगरपालिकाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका थिए । 

SHARE

COMMENTS

यसमा तपाइको मत