हिन्दू धर्म माथिको आक्रमण अति भो ! स्वामी कमलनयनाआचार्य

हिन्दूधर्मको लागि एक्लै लड्दै छु हेर्दै जाऊ कहाँ पुगिन्छ ?

386
हिन्दू धर्म माथिको आक्रमण अति भो ! स्वामी कमलनयनाआचार्य

अर्जुन सापकोटा, २०७२ मंसिर २१ । 
अन्नतश्रीविभूषित मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीमुक्तिनाथबाबांले पछिल्लो बर्षहरुमा नेपालमा हिन्दू धर्म माथिको आक्रमणले सिमा नाघेको बताएका छन् । विश्वको एकमात्र हिन्दू राष्ट्रलाई मास्ने कार्य गरेको प्रति उनले नेपालका रानीनितिक दलसँग आक्रोस समेत पोखेका छन् । 
 
बागलुङमा शुरु हुन लागेको पञ्चकोट विराट् श्रीमहायज्ञको प्रचार प्रसारको लागि देश दौडाहको क्रममा नवलपरासीको कावासोती आएका उनले धर्म मास्ने मान्छे बढेको प्रति चिन्ता व्यक्त गरे । उनले भने, म अहिले पनि हिन्दूधर्मको लागि एक्लै लड्दै छु हेर्दै जाऊ कहाँ पुगिन्छ ।  
 
हिन्दू धर्मको संरक्षक भन्नेहरुनै गलत बाटोमा हिडे उनले भने, मानिसहरु त्यसैलाई धर्म हो भन्दै पछि लागिरहेका छन् । नवलपरासीको गजेन्द्रमोक्षयधामलाई राष्ट्रिय निकुञ्जबाट धार्मिक वनको रुपमा स्वीकृति प्रदान गर्नु सम्पूर्ण नेपालीको जित भएको भन्र्दै खुसी व्यक्त गरे । मन्दिर भत्काउनुपर्छ चाँपी लगाउनुपर्छ भन्नेहरुको हार भएको छ । 
 
उनले भने ‘त्रिबेणीधामाबाट नवलपरासीको दुम्किवास सम्म सडक खोल्ने कुरा मैले गरेको हुँ त्यो काम पूरा हुनेछ, जस्ले मोक्षधामको विकासमा टेवा पुग्नेछ ।’ तेस्रो विराट् श्रीमहायज्ञ सम्पन्न गर्नको लागि कावसोतीको नर्मदेश्वर शिवालय मन्दिरका अध्यक्ष लेखनाथ बस्यालको अध्यक्षतामा १५ सदस्यीय यज्ञ संचालन सहयोग समिति समेत गठन गरिएको छ । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत