संविधान संशोधनमा एमालेको वेईमानी : गृहमन्त्री निधि

292
संविधान संशोधनमा एमालेको वेईमानी : गृहमन्त्री निधि

 राजेन्द्र आचार्य चितवन, २२ मंसिर ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान संसोधन हुन दिन्नौं भन्नु राजनैतिक वेइमानी भएको बताएका छन् । संसोधनका विषयमा केपि ओली गर्दा राष्ट्रघाती नहुने उनले भने–अहिले हामीले गर्दा कसरी राष्ट्रघाती हुने प्रश्न गर्दै ओली यो आलीको अपरिपक्ता हो, राजनैतिक वेइमानी हो । नेपाल प्रेस युनियन चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनका क्रममा निधीले ओलीको राजनीतिक अपरिपक्कताका कारण समस्या देखिएको बताएका हुन् ।

 

केपी ओली आफैले हस्ताक्षर गरेर शुरु भएको संविधान संसोधनको प्रस्ताव अहिले आएर  राष्ट्रघाती भयो भन्नु नै राजनैतिक वेइमानी भएको टिप्पणी गरे । उनले केपी ओलीले हस्ताक्षर गर्दा राष्ट्रघाती नहुने भन्ननै अहिले एमाले राष्ट्रघाती भएको आरोप पनि लागाए । संविधान संसोधनको प्रस्ताव नेपाली कांगेसको आधिकारिक प्रस्ताव भएको र वहुमतले पारित हुने दावी उनले दावी गरे । प्रस्ताव टेवल भइसेकपछि ७२ घण्टाको समय परिमार्जन हाल्नका लागि दिइने भएकोले परिमार्जन चाहनेहरुले सोही स्थानमा प्रक्रियामा जानुपर्ने उनले स्पष्ट पारे ।

 

अहिले विरुद्धमा आन्दोलन गरिरहेका क्षेत्रमा पनि आन्दोलन जरुरी नभएको उनको जिकिर थियो । सबैले विरोध गरिरहेका वेलासंशोधन कसरी हुन्छ ? भन्ने पत्रकार जिज्ञासामा मन्त्री निधीले भने–“संविधान संशोधन हुन्छ हुन्छ हुन्छ” । मन्त्री निधीले नेकपा एमाले पनि संविधान संशोधनमा पक्षमा अन्तिम समयमा उभिने खुलासा पनि गरे । उनले संविधान संशोधनमा केही परिमार्जन गर्न सकिने संकेत गर्दै मधेसी मोर्चा पनि सहमतीमा आई सकेको बताए ।

 

SHARE

COMMENTS

यसमा तपाइको मत