संविधान संशोधनपछि पनि समस्या सुल्झिदैन् : बैद्य

299
संविधान संशोधनपछि पनि समस्या सुल्झिदैन्  : बैद्य

 धनु भुषाल, मंसिर २२ । 

नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरणले संविधान संशोधनबाट जनताका समस्याहरु समाधान नभएको भन्दै संविधान खारेज गर्नुपर्ने बताएका छन् । बुधवार क्रान्तिकारी पत्रकार महासंघले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । संघियता र राज्य पुर्नसंरचनामा विभिन्न क्षेत्रको पहिचान झन खतरामा परेको भन्दै हतारमा संविधान निर्माण गर्नु नै गलत भएको दावी गरे ।
 ‘मुलुकमा बाह्य हस्तक्षेप बढेको छ, पहिले कुर्चिको लागि दरवार धाउने नेताहरु अहिले भारत धाउन थालेका छन्, जसले गर्दा देशको अस्मीता खतरामा छ ।’  उनले भने देश भित्रै समस्याको समाधान नखोजिदा सम्म देशमा कुनै न कुनै बहानामा आन्दोलन भईरहने विचार राखे । 
 
जनताको हक अधिकारलाई समावेश गरी अगाडि बढ्ने समयमा सत्तारुढ दलहरुनै सिमाङ्कनको विषमा लडिरहेको  भन्दै यहि अवस्थामा रहे मुलुक ठूलो दुर्घटना व्यहोर्नुपर्ने चेतावनी दिए । बैद्यले  संघियतामा जनताका आवश्यक मागहरु नसमेटिदा विभिन्न आन्दोलन चर्किएको भन्दै जनताका जायज मागमा आफ्नो पाटीको समर्थन रहेको बताए । 

SHARE

COMMENTS

यसमा तपाइको मत