छिन छिनमै व्यवस्था बदल्दा देश खोक्रो बन्यो : कांगे्रस नेता पौडेल

740
छिन छिनमै व्यवस्था बदल्दा देश खोक्रो बन्यो :  कांगे्रस नेता पौडेल

अर्जुन सापकोटा, २०७३ मंसिर २६ 
कांगे्रस बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कुनै पनि व्यवस्था लामो समयसम्म टिक्न नसक्दा नेपाल विकासको गतिमा पछाडी परेको बताएका छन् । एकले अर्काको अस्थित्व स्वीकार नगर्ने परिपाटीकै कारण देश सधै अन्योलमै रोमलिएको दाबी समेत गरे । 
नवलपरासीको पहाडी गाविस डेढगाउँमा आयोजना गरिएको बिशाल आम सभालाई संशोधन गदै उनले भने, ‘नेपालीहरुको समय सधै परिर्वनकै लागि लड्दा सकियो, देशमा अहिले सम्म पनि स्थिरता छैन् ।’ उनले भने, ‘उपलब्धि संस्थागतमै दलहरु अलमलिन्छन्, यही हो देशको बिडम्वना अब दलहरु मिल्नुपर्छ ।’ 
 
संविधानको बिषयमा मधेशी लगाएत विभिन्न जतजातिले उठाएको मागहरुको संबोदन गरि संविधान कार्यान्वयनको चरणमा प्रबेश गर्नुपर्नेमा जोड दिए ।
संविधान संशोधनको विकल्प छैन, तर सबैसँग छलफल प्रतिपक्षसँग गर्नुपर्छ, एमाले लचिलो बनेर प्रस्तुत हुनुप¥यो, क्षेत्रिय पार्टीको जस्तो व्यहार देखाउनु भएन पौडेलले भने । 
 
उनले अबको आफ्नो समय प्रदेशको विकासमा खर्च गर्ने विचार व्यक्त गरे । उनले भने, म यही प्रदेशको नेता भएकाले पनि नजिकै रहेको पूल बाढीले बगाएछ, अब यसलाई कसरी बनाउने भन्ने चिन्ता मलाई शुरु भएको छ । म अब यस क्षेत्रको विकासमै ध्यान दिन्छु । पौडेलले नवलपुरलाई प्रदेश नम्बर ४ मै राख्न आफूले निरन्तर आवाज उठाएको र यसबाट समग्ररुपमा यहाँका नागरिकहरुलाई फाईदा पुग्ने विचार व्यक्त गरे ।
 
क्षेत्र नम्बर २ का सभापति दुर्गाबहादुर रानाको अध्यक्षता रहेको आमसभामा कांगे्रस केन्द्रीय सदस्यहरु देवेन्द्रराज कंडेल, जीवन परियार, कमला पन्थ, पूर्व सभाषद महेन्द्रध्वज जिसी, प्रेस युनियन केन्द्रीय सल्लाहकार शिव लम्साल, पे्रस युनियनका केन्द्रीय सचिव केबी राना, कांगे्रस नेता श्याम श्रेष्ठ, नेतृ सरस्वती तिमिल्सेना लगाएतले बोलेका थिए । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौँ कार्यकर्ता कांग्रेसमा प्रबेश गरेको बताईएको छ । 

SHARE

COMMENTS

यसमा तपाइको मत