अवसर पाए जिम्मेवारी पूरा गर्न महिला सक्षम हुन्छन् :पूर्वमन्त्री मानवी

383
अवसर पाए जिम्मेवारी पूरा गर्न महिला सक्षम हुन्छन् :पूर्वमन्त्री मानवी

 धनु भुसाल, २०७३ मंसिर २६ । 

अखिल नेपाल महिला संघका संस्थापक अध्यक्ष शान्ता मानवीले महिलाले अवसर पाए जिम्वेवारी पूरा गर्न सक्षम हुने बताएकी छन् । उनले संविधानमा उल्लेख भएका अधिकारको कार्यान्वयनमा गर्न सकिए महिलाहरुको अवस्थामा आमूल परिर्वतन आउने बताईन् । 
 
अखिल नेपाल महिला संघ नवलपरासीले आयोजना गरेको महिला हिंसा विरुद्धको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले प्रत्येक पाईलामा हिंसा भएको सहनुपरेको बताईन् । पूर्व पशुपंक्षी मन्त्री समेत रहेकी मानवीले भनिन्, ‘महिलाबीचमै विभेद हुँदा हिंसा झन बढ्दै गएको छ, हिंसा कम गर्न सकारात्मक सोचको विकास गर्नुपर्छ ।’
 
सांसद कृष्ण पौडेलले महिला शिक्षित भएमा सम्पूर्ण घर र समाजसँगै देश समृद्धिको बाटोमा लकम्कने भन्दै महिला शशक्तिकरणमा जोड दिए । ‘महिला हिंसा विरुद्धको अभियान सफल पारौँ, संविधानमा भएका महिला अधिकारको प्रभावशाली कार्यान्वयनमा जुटौं’ भन्ने नारा सहित आयोजित कार्यक्रममा एमाले जिल्ला अध्यक्ष रोशन बहादुर गाहाले महिलाहरुमा चेतनाकोकमीले पनि विभिन्न समस्या झेल्नु र बैदेशीक रोजगारीले अझै समस्या थपिएको बताए । 
 
कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं जिल्ला ईन्चार्ज चन्दा पुन, अनेम संघका केन्द्रीय सदस्य विमला अर्याल, महिला संघ जिल्ला अध्यक्ष कमला पराजुली लगाएतको उपस्थिती रहेको थियो । हिंसा रोक्न र महिला शशक्तिकरणको लागि यस्ता कार्यक्रमहरु फलदायी बन्ने अनेम संघका जिल्ला अध्यक्ष पदमा जिसीले बताईन् । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत