द्धन्द्धकालमा क्षतिग्रस्त सिमा प्रहरी चौकीको नयाँ भवनको उद्घाटन

445
द्धन्द्धकालमा क्षतिग्रस्त सिमा प्रहरी चौकीको नयाँ भवनको उद्घाटन

नवलपरासी, २०७३ मंसिर २९ ।
नवलपरासीको सिमा प्रहरी चौकी महेशपुरको नवनिर्मित भवनको बुधवार उद्घाटन गरिएको छ । भवनको प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजि) विश्वराज सिंह शाहीले उद्घाटन गरेका हुन् । 
 
शाहीले सीमा नाकामा हुने अपराधजन्य कृयाकलाप र अन्य गतिविधिले प्रत्यक्ष रुपमा दुई देशको आन्तरिक मामिला र शान्ति सुरक्षामा गंभिर असर पर्नेहुँदा अरुभन्दा सीमा क्षेत्रका प्रहरीहरु चनाखो र संवेदनशिल भएर काम गर्नुपर्नेमा मातहतलाई निर्देशन दिए । 
 
द्धन्द्धकालमा माओवादीद्धारा क्षतिग्रस्त उक्त सीमा चौकी भवन एक करोड १९ लाखमा निर्माण गरिएको हो । भवनमा व्यारेक, कार्यालय कोठा र थुनुवासहित सात वटा कोठाहरु छन् । पत्रकारिताको माध्यमबाट सीमा अपराध नियन्त्रण र लागूऔषध न्यूनिकरणमा योगदान पु¥याएको भन्दै नवलपरासीका पत्रकार हरि शर्मालाई सम्मान गरिएको थियो । 
 

SHARE

COMMENTS

यसमा तपाइको मत