सूर्य भक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण

433
सूर्य भक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण

 अर्जुन सापकोटा, नवलपरासी, २०७३ पुस १ 

सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण गरिएको छ । हरेक बर्ष वितरण गरिने पुरस्कारबाट २०७१ र ७२ को गरी ४ जना पत्रकार सम्मानित भएका छन् । कांगे्रस महासमिति सदस्य मदनभतm अधिकारीले आफ्ना आमाबुबाको स्मृतिमा खडा गरेको कोषमार्फत हरेक बर्ष २ जना पत्रकारहरुलाई सम्मान गर्दै आईएको छ । 
 
२०७१ सालको पुरस्कारबाट पत्रकार महासंघका पूर्व अध्यक्ष होमराज रानाभाट, महासंघ नवलपरासीका सस्थापक अध्यक्ष भुपेन्द्र्र शर्मा भट्राई सम्मानित भए । यस्तै २०७२ को पुरस्कारबाट सूचना आयोगका आयुतm एवंम वरिष्ठ पत्रकार किरण पोख्रेल र पे्रस युनियनका पूर्व केन्द्रीय सचिव रामजी दाहाललाई सम्मान गरिएको हो । 
 
सम्मानित हुने ४ जना पत्रकारलाई कांगे्रस सभापति शेरबहादुर देउवाले प्रति व्याक्ति ३५ हजार १ रुपैयाँ नगदसहित दोल्ला र सम्मान पत्र प्रदान गरेका थिए । प्रेस युनियन नवलपरासीले वितरण गर्ने पुरस्कार बिबिध कारणहरुले गत बर्ष रोकिएको थियो ।
 
प्रेस युनियन नवलपरासीका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षता रहेको पुरस्कार वितरण कार्यक्रममा कांग्रेस  सभापती शेरबहादुर देउवा, महामन्त्री डाक्टर शसांक कोइराला, पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेल, कांग्रेस जिल्ला अध्यक्ष विष्णु लामिछाने, महा समिति सदस्य मदनभतm अधिकारी, प्रेस युनियन केन्द्रीय सचिव केवी राना, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष वीरेन्द्र पराजुली लगाएतले बोलेका थिए । सहभागीहरुले नेपाली कागे्रस र देशको परिर्वतनको लागि सूर्यभक्त र पतनादेवीले पु¥याएको योगदानको प्रसंशा गरेका थिए । 

SHARE

COMMENTS

यसमा तपाइको मत