ओलि सरकार धेरै टिक्र्दैन : कांग्रेस नेता खनाल

खनालले भने देश भष्ट्राचार, मंहगी, कालोबजारी सकिनै लाग्यो तर पनि सरकार मौन छ यो देशको लागि दुखको कुरा हो ।

331
ओलि सरकार धेरै टिक्र्दैन :  कांग्रेस नेता खनाल

 
नेपाली  कांग्रेसका युवा नेता एवंम् संसदीय  दलका सदस्य बिक्रम खनालले अहिलेको सरकारको आयु धेरै दिन सम्म नरहेको बताएका छन् । खनालले सरकारले जनताको भावना अनरुप काम गर्न नसकेकाले सरकारको बिकल्प खोज्नुपर्ने दाबी समेत गरेका छन् ।
 
नवलपरासीको सनई स्थित राष्ट्रिय माध्यामिक बिद्यालयको स्वर्ण जयन्ती समारोहलाई आईतबार  सम्बोधन गदैै नेता खनालले सरकारले जनतालाई राहत दिने र संबिधान कार्यान्वयन गर्न तर्फ ध्यान नदिएको समेत बताएका छन् ।
 
नवलपरासीका सासद समेत रहेका खनालले भने देश भष्ट्राचार,  मंहगी, कालोबजारी सकिनै लाग्यो तर पनि  सरकार मौन छ यो देशको लागि दुखको कुरा हो । 
नेपालले भारत र चिन संग समन्वयकारी भुमीका निर्वाह गनुपर्नेमा जोड दिदै नेता खनालले अब सरकार परिवर्तन आवश्यक रहेको ठोकुवा गर्दै देशलाई बिकास तर्फ उन्मुख गर्न  कांग्रेस नेतृत्व आवश्यक रहेको दाबी गरे । 

SHARE

COMMENTS

यसमा तपाइको मत