देशलाई निकास दिन काँग्रेसको बिकल्प छैन : पौडेल

देशलाई निकास दिन  काँग्रेसको  बिकल्प छैन : पौडेल

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई निकास दिन काँग्रेसको विकल्प नरहेको बताएका छन् । रिपोर्टस क्लब नवलपरासी शाखाले परासीमा आयोजना गरेको साक्षात्कार कार्यक्रम नेता पौडेलले मधेशका जायज मागलाई सम्बोधन गर्न र आन्दोलरत पक्षलाई  सरकार संग सहमती गराउन काँग्रेसले अब मध्यस्तताको काम गर्ने बिचार ब्यक्त गरेका हुन ।
 
पौडेलले भने “सरकारले स्थानिय निकायको निर्वाचन गराउने नाउंमा उल्टो बाटो हिड्र्दै छ तर सम्भब छैन ।” उनले थपे मुलक संघीयता तर्फ उन्मुख भएका छ सबै दल मिलेर  संघिय संरचना अनुसार  गाउँपालीका र नगरपालिकाको निर्वाचन तर्फ लाग्नु पर्छ । 
 
सरकारले जनताको उत्तरदायीत्व वहन गर्न नसकेको टिप्पणी गर्दै पौडेलले अब काँग्रेस लोकतन्त्रलाई संस्थागत गर्न साथै संबिधान कार्यान्वयन तर्फ लाग्ने बिचार   राखे । भुकम्प पडितहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउदै देशमा भष्ट्राचार,  मंहगी   र कालोबजारी मौलाउदै गएको प्रति चिन्ता ब्यक्त गरेका छन् ।
 

SHARE

COMMENTS

यसमा तपाइको मत