नवलपुरको संमृद्धिका लागी आफ्नो जित अपरिहार्य: न्यौपान

नवलपुरको संमृद्धिका लागी आफ्नो जित अपरिहार्य: न्यौपान

नवलपुर १  क का बाम गठबन्धनका उम्मेद्वार सुर्यप्रसाद न्यौपानेले नवलपुर क्षेत्रको संमृद्धिका लागी आफ्नो जित अपरिहार्य रहेको बताउनु भएको छ । शुक्रबार गैडाकोट–२  स्थित गठबन्धनको वडा सम्पर्क कार्यलयको उद्घाटनमा बोल्दै न्यौपानेले यस्तो बताउनुभएको हो ।

नवलपुर क्षेत्र र विशेष गरि, गैडाकोटमा नेपाली कांग्रेशले जित्दै आएपनि जनताको पक्षमा कुनै काम नगरेको चर्चा गर्दै यहाँका जनबासीकोे चाहना र आकांक्षा अनुरुप, आफुले प्रदेश सभा सदस्यको पदमा उम्मेद्वारी दिएको बताउनुभयो । यस क्षेत्रमा पर्यटन क्षेत्र र कृषि, उधोग जस्ता क्षेत्रमा विशेष प्राथामिकता दिदैं युबा स्वरोजगार कार्यक्रम र दिगो बिकाशका कार्यक्रमलाई  आफुले उच्च प्राथामिकता दिने उहाँको भनाई थियो ।

गैडाकोट १ र २ का छुट्टाछुट्टै कार्यलय वडा कार्यलय उद्घाटनका क्रममा गठबन्धका नेतागण तथा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । सोहि क्रममा माओबादि केन्द्रका नेता दुर्गा भुषाल, एमाले जिल्ला सदस्य शिवहरि पौडेल, एमाले गैडाकोट नगर ईञ्चार्ज यमुनाथ आर्चाय, सह–ईञ्चार्ज ज्ञानहरि पौडेल, नगर अध्यक्ष षडानन्द लामिछाने, माओबादि केन्द्रका नेता दुर्गादत्त ढुंगाना, गैडाकोट–२ का वडाध्यक्ष ध्र्रुबराम पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

SHARE

COMMENTS

यसमा तपाइको मत