प्रजातन्त्रबादी शक्तिको जित आवश्यक: नेता गुरुङ्ले

125
प्रजातन्त्रबादी शक्तिको जित आवश्यक: नेता गुरुङ्ले

नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले अहिलेको वामगठबन्धनलाई काँसको घरको संज्ञा दिनुभएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले चितवनमा आयोजना गरेको प्रदेश नम्बर ३ को विशेष रणनैतिक प्रशिक्षण एवंम सदस्यता वितरण कार्यक्रममा बोल्दै नेता गुरुङले वाम एकता लामो समय नटिक्ने ठोकुवा गर्नुभयो ।

अहिलेको वाम गठबन्धनको गाँठो लामो समय सम्म नजाने भन्दै उहाँले निर्वाचनमा हारको महशुश भएकाले वामगठबन्धन निर्माण भएको बताउनु भयो । अहिलेको निर्वाचनमा प्रजातन्त्रबादी शक्तिले जित्नु आवश्यक रहेको बताउँदै नेता गुरुङ्ले बदलाको भाबना नभई आफैमा परिवर्तन ल्याएर काम गर्नु पर्ने बताउनुभयो । अहिले युवाहरुमा परिवर्तनको खाँचो रहेको भन्दै बदलाको भाबनाले कहिल्यै उन्नती नहुने बताउनुभयो ।

अहिले वामगठबन्धनको नाममा जनतालाई झुक्याएर शक्तिमा पुग्ने बाहना मात्रै गरेको भन्दै उहाँले लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरु एक हुनु आवश्यक रहेको बताउनु भयो । नेतृत्वलाई दवाब दिदै विकासका लागि अघि बढ्नु पर्ने नेता गुरुंगको भनाई छ ।


SHARE

COMMENTS

यसमा तपाइको मत