निर्वाचन आचार संहिता कडार्इ गर्नुपर्ने : नयाँ शक्ति

निर्वाचन आचार संहिता कडार्इ गर्नुपर्ने : नयाँ शक्ति

नयाँ शक्ति पार्टी नेपाल नवलपुरले मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन अवधीभर निर्वाचन आचार संहिता कडाइका साथ लागु गराउन स्थानिय प्रशासन मार्फत सरकारसंग माग गरेको छ ।

मंगलबार कावासोतीमा बसेको बैठकले निर्वाचनका बेला जनताको अमुल्य मतलाई पैसासंग साट्ने खेल हुन सक्ने भन्दै त्यसतर्फ सचेत बन्न प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकपछी जिल्ला संयोजक मोती रिजालले एक वक्तव्य जारी गर्दै चुनाव अवधीभर सार्वजनिक स्थलमा मदिरा सेवन बन्द गर्नुपर्ने, होटल तथा रेष्टुरेण्ट राती ८ बजेपछी बन्द गर्नुपर्ने, चुनाबका नाममा गरिने भोज भतेर बन्द गर्नुपर्ने माग गर्नुभएको छ ।

साथै बैठकले राष्ट्रिय झण्डाको अवमुल्यन भएको भन्दै चुनाबी अभियानमा राष्ट्रिय झण्डा बोक्ने प्रबृत्ती तत्काल रोक्नुपर्ने, विकासका नाममा गरिने आर्थीक सहयोग रोक्नुपर्ने र आमा समुह, संघसंस्थालाई उमेद्वारहरुले चुनावका बेला दिने आर्थीक सहयोगमा रोक लगाउन पनी माग गरेको छ ।

नयाँ शक्ति पार्टी नेपालले मुलुकमा आर्थिक समृद्वि, शुशासन र विकासलाई मुख्य एजेण्डा बनाएर चुनावी अभियानमा जुटेको छ ।



SHARE

COMMENTS

यसमा तपाइको मत