चन्द्रमामा पनि आयो भुइँचालो !

चन्द्रमामा पनि आयो भुइँचालो !

 चन्द्रसतहदेखि सयौँ माइल तल कसरी कम्पन हुनसक्छ भन्ने समस्याको अनुसन्धाताहरुले उपाय निकालेको दाबी गरेका छन् । उनीहरुका अनुसार पृथ्वीमा जस्तै चन्द्रमामा पनि उही चुम्बकीय शक्ति (गुरुत्वाकर्षण बल)का कारण चन्द्रमाको सतहदेखि आठ सयदेखि १२ सय किमि तल हरेक २७ वर्षमा मुनक्वेक (चन्द्रकम्प) हुने गरेको छ ।


चन्द्रमामा एपोलो १२, १४, १५ र १६ मिसनमा सिस्मोमिटर राखिएको थियो । यही सिस्मोमिटरले यस्तो खुलासा गरेको रिसर्चर (अनुसन्धाता)हरुको दाबी छ ।
चन्द्रकम्प प्रायः उही समयान्तरालमा हुने गरेको छ । उनीहरुका अनुसार चन्द्रमाले पृथ्वीलाई एक फन्को लगाउने क्रममा यो घटना हुने गरेको छ । उक्त कम्पनलाई वैज्ञानिकहरुले गुरुत्वका छालहरुको दबाबको परिणाम हो कि भन्ने शंका गरेका थिए । तर ठ्याक्कै यही हो भन्ने विवादचाहिँ अद्यापि कायमै छ ।

मुनक्वेक्स : यो तस्बिरले चन्द्रमामा एपोलो सेस्मिक स्टेसनहरु देखाउँछ । साथसाथै यसले डिप मुनक्वेक्सका सम्भावित क्षेत्रहरु पनि देखाउँछ, जुन रिसर्चमा प्रयोग गरिएको छ । यो लुनार ग्लोब लुनार रिकनासा अर्बिटर क्यामरा (एलआरओसी)बाट नासाको सौजन्यमा लिइएको हो र यसमा उल्लेख गरिएका एपोलो स्टेसन र डिप मुनक्वेक्सका चिह्नहरु अध्यताहरुले प्रयोग गरेका हुन् । (डेलीमेल)
अमेरिकन जिओफिजिकल युनियनको एउटा जर्नल, जर्नल अफ जिओफिजिकल रिसर्च : प्लानेट्सको अध्ययनले एपोलो मिसनअन्तर्गत चन्द्रमामा राखिएका दुई छुट्टाछुट्टै सिस्मोमिटरबाट प्राप्त सूचनाको विश्लेषण गरेको हो । उनीहरुले लेखेका छन्, ‘चन्द्रमा पनि कम्पनमा सक्रिय छ, एपोलो कम्पन अवलोकनले १३००० भन्दा बढी कम्पनका घटनाहरु मापन गरेको पत्ता लगाएको छ ।’

पत्ता लगाइएकामध्ये प्रायः दोहोरिएका सेस्मिक इभेन्ट(कम्पनका घटना)हरु मुनक्वेक (चन्द्रकम्प) नै भएको पुष्टि भएको छ । ती चन्द्रकम्पहरु चन्द्रसतहदेखि ८००—१२०० किमि गहिराइमा भएको बताइएको छ । अध्ययनअनुसार यद्यपि मुनक्वेकबारेका थप परिमार्जित स्पष्ट अध्ययनहरु बाहिर आउन दशकौँ लाग्नेछ । अध्ययनमा वैज्ञानिकहरुले मुनक्वेकसम्बन्धी डाटा (तथ्यांक)हरुको पुनः अनुसन्धान गरेका थिए ।

अनुसन्धाता टोलीका अनुसार सयभन्दा बढी डिप मुनक्वेकका घटनाहरुको यसका लागि अध्ययन गर्नुपरेको थियो । यसबारे पहिले एउटा घटनाको मात्रै अध्ययन गरिएको थियो । १ सय ३१ डीप मुनक्वेक्सको तुलनात्मक र तथ्यांकगत अध्ययनबाट मात्रै निष्कर्षनजिक पुगेको उनीहरुको दाबी छ ।

‘हाम्रो अध्ययनबाट डीप मुनक्वेकहरु तुलनात्मक रुपमा एकैनासका रहेका छन् र यसको स्ट्रेस (दबाब) पृथ्वी र चन्द्रबीचको टाइडल स्ट्रेस (गुरुत्व दबाब)जस्तै निकै कम छ’, अध्येताहरुको भनाइ छ । बारम्बारको डीप मुनक्वेक र टाइडल स्ट्रेसको परिपूरक सम्बन्धलाई अध्ययनले देखाएको छ भने यसबाट डीप मुनक्वेकका लागि टाइडल स्ट्रेसमात्रै कारण नभएर सबैखाले स्ट्रेस यसका लागि जिम्मेवार रहेको सेस्मिक एक्टिभिटी (कम्पनसम्बन्धी गतिविधि)ले देखाएको छ ।

ज्वारभाटासम्बन्धी बल (टाइडल फोर्स)ले पृथ्वी र यसका समुद्रहरुमा चन्द्रमादेखि नजिक र टाढाको भागमा उछाल ल्याउने गर्दछ । चन्द्रमामा पनि यही फोर्सले काम गरेको छ । यही बलको कारण सानाखाले वक्रसम्बन्धी कारण हुने गर्छन् जसलाई वैज्ञानिकहरुले सोलिडबडी टाइड नाम दिएका छन् । यिनै सोलिड बडी टाइडहरुले चन्द्रमाको सतहमा धाँजा फाट्ने, फुट्ने जस्ता काम गर्दछन् ।

चार किसिमका मुनक्वेक (चन्द्रकम्प) यस्ता छन्

मुनक्वेक्स चार किसिमको हुन्छ । वैज्ञानिकहरुका अनुसार पहिलो भनेको एकदमै गहिराइमा हुन्छ । यो भनेको चन्द्रसतहदेखि ७०० किमि तलको सतहमा हुन्छ । योचाहिँ पृथ्वीको कक्षसँग सम्बन्धित गुरुत्वबलको कारण हुने विश्वास गरिएको छ । दोस्रो भनेको मेटिओराइटको परिणाम हो ।

मेटिओराइट भनेको चन्द्र सतहमा खस्ने उल्कापातहरु जसले चट्टानी वर्षा गराउँछ र सतहमा कम्पन हुन्छ । तेस्रो भनेको प्रकृतिको तापसँग सम्बन्धित हुन्छ । चन्द्रमाको रातको दुई हप्तापछि सूर्योदयले सतह फैलिएर धाँजा फाट्छ । त्यस्तै चौँथो भनेको सतहदेखि २० वा ३० किमि तलको कम्पन हो ।

डिप मुनक्वेक्सहरु दुई वा सोभन्दा मुनिका हुन्छन् । तिनीहरु मासिक रुपमा हुने गर्छन् । तर मुनक्वेकहरु अर्थक्वेकभन्दा लामा हुने गर्छन् ।

SHARE

COMMENTS

यसमा तपाइको मत