नवलपरासीमा छक्का पञ्जाको पूर्व पश्चिम रेल

पुरै दृश्यहरु जनज्योति सास्कृतिक महोत्सबको मात्र

1474
नवलपरासीमा छक्का पञ्जाको पूर्व पश्चिम रेल

नवलपरासीको देवचुली नगरपालिकामा छायांकन गरिएको छक्का पञ्जाको शिर्ष गीत पूर्व पश्चिम रेल सार्वजनिक गरिएको छ । उक्त गीत नवलपरासीको देबचुली नगरपालिकामा केहि समय पहिले मात्र आयोजना गरिएको जनज्योति साँस्कृतिक धार्मिक मेलामा छायांकन गरिएको थियो  । गीतको छायांकनको लागि फिल्म निर्माण यूनिकट नवलपरासी आएको थियो । गीतमा पुरै दृश्य मेला स्थलको मात्रै रहेका छन् ।
 
चलचित्र गीत अबधिभर सबै महोत्सव स्थलमै दृश्यहरु देख्न सकिन्छ । दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्र छक्का पञ्जा को यो यूट्युव मार्फत सार्वजनिक गरिएको हो । शनिबार साँझ सार्वजनिक गरिएको यो गीतमा राजनराज शिवाकोटी तथा अञ्जु पन्तको स्वर सुन्न सकिन्छ । राजनराज शिवाकोटी नै यो गीतका गीतकार तथा संगीतकार हुन् ।
 
पुरुषोत्तम प्रधानद्वारा छायांकन गरिएको यो गीतमा कविराज गहतराजको नृत्य निर्देशन छ । यो गीतमा दीपकराज गिरी, प्रियंका कार्की, जितु  नेपाल, केदार घिमिरे, नम्रता सापकोटा, वर्षा राउत आदि कलाकारले नृत्य गरेका छन् । भदौ २४ गते प्रदर्शन हुने यो चलचित्रमा दीपकराज गिरी, दिपाश्री निरौला, जीतु नेपाल, निर्मल शर्मासहितका कलाकारले लगानी गरेका छन् ।
 
गीत यहाँ हेर्नुहोस 
 
 

SHARE

COMMENTS

यसमा तपाइको मत