कावासोतीमा गर्मी ? नो टेनसन : गर्मी छल्न खुल्यो स्टारफेरी

कावासोतीमा गर्मी ? नो टेनसन : गर्मी छल्न खुल्यो स्टारफेरी

तपाई नवलपरासी घुम्न आउने सोच गर्दै हुनुहुन्छ ? या त गर्मी मै कारण कावासोतीमा बस्न र रमाउन गाह्रो लाग्छ ? अब चिन्ता मान्नु प्रदैन । नवलपरासीको कावासोती मै पहिलो पटक पौँडी पोखरी निर्माण गरिएको छ । बिगत १ महिना अगाडी देखि कावासोतीमा होटल दियालोले यस क्षेत्रको मागलाई मध्यनजर गर्दै (स्टारफेरी) पौँडी पोखरी संचालनमा ल्याएको छ । 
 
नवलपुर क्षेत्रका सर्वसाधरणलाई गर्मी छल्ने एउटा गतिलो माध्यम बनेको छ (स्वीमिङ्ग पुल) । पौँडी पोखरी नुहदा चितवन र बिभिन्न खोलाहरु धाउनुपर्ने बाध्यता रहेको भन्र्दै पौँडी पोखरीमा रमाउदै गरेका रामकृष्ण घिमिरेले बताए । उनले भने गर्मी छल्न खाली समयमा आफु लगाएत साथीहरु मिलेर पौँडी खेल्ने जाने गरेको बताए ।  ७ कक्षामा पढ्ने रामेश्वर केसी समेत ग्रुप मै मिलेर स्कुल बिदा हुने बितिकै पौँडी पोखरी पुग्ने गरेको बताए । 
 
होटल व्यवसायी बालकृष्ण पौडेलले सञ्चालनमा ल्याएको पौँडी पोखरी यस क्षेत्रकै पहिलो र एकमात्र व्यवसायिक पौँडी पोखरी हो । ४० फिट चौडाई र ९० फिट लम्वाई रहेको पौँडी पोखरी सञ्चालन गर्न १ करोड ६० लाख खर्च भएको पौडेलले बताए । गर्मी शुरुभएपछि मानिसहरु गर्मी छल्न कि त नारायणी नदि या स्थानीय खोलाहरुको भर पर्नु पर्ने वाध्यता थियो ।
 
बढ्दो गर्मीको कारण दैनिक रुपमा पोखरीमा आउने र रमाउनेहरुको संख्या बढेको पौडेलले बताए । पूर्वपश्चिम राजमार्गको कावासोतीको थकाली चोकदेखि १ किलोमिटर दक्षिणमा पौँडी पोखरी रहेको छ । स्टारफेरी पौंडी पोखरी यस क्षेत्रकैं सबैंभन्दा ठुलो र एकमात्र व्यवसायिक पौंडि पोखरी हो ।

SHARE

COMMENTS

यसमा तपाइको मत