कलाकारले भने – लोक दोहोरीमा ‘बेथिति भित्रियो’

429
कलाकारले भने – लोक दोहोरीमा ‘बेथिति भित्रियो’

नवलपरासी (कावासोती) असार ११
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपरासीको छैठौं जिल्ला अधिवेशन कावासोतीमा भएको छ । खानेपानी सभाहलमा भएको अधिवेशनमा लोक तथा दोहोरी क्षेत्रका चर्चित कालाकारहरुको सहभागीता रहेको थियो । प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष वद्रि पंगेनीको प्रमुख आतिथ्यता रहेको  कार्यक्रममा  गायक प्रजापती पराजुली, बिष्णु खत्री, रमेशराज भट्टराई, बसन्त थापा, शिरिश देवकोटा, पुरुषोत्तम गैरे लगाएतका कलाकाहरुको उपस्थिती रहेको थियो । 
 
कार्यक्रममा बोल्ने अधिकाशं कलाकारहरुले पछिल्लो समय जथाभावी रुपमा अर्थहिन गीत संगीत नेपाली बजारमा आईरहेको प्रति दुख ब्यक्त गरेका छन् । लोक दोहोरीको मौंलिकता हराउँर्दै जादा समाजमा नकारात्मक सन्देश पुगेको भन्दै यस तर्फ सबै सचेत बन्नुपर्ने बताएका थिए । 
 
प्रतिष्ठानका उपाध्यक्ष पंगेनीले लोक संस्कृति बचाई राख्न सके मात्र आफुहरु नेपाली रहन सक्ने भन्दै संगीत भित्रका समस्या सबै मिलेर समाधान खोज्नुपर्नेमा जोड दिएका थिए । अधिवेशनको बन्द शत्रले नयाँ कार्य समिति चयन गर्नेछ । क्षेत्रीय अधिवेशन हुदै प्रतिष्ठानले जिल्ला अधिवेशन गरेको हो । कार्यक्रममा उपस्थित कालाकारहरुले दजनौं लोक दोहोरी गीत प्रस्तुत गरेका थिए ।

 

SHARE

COMMENTS

यसमा तपाइको मत